कोरोना अस्पतालबाट भरतपुर अस्पतालमा सारिए संक्रमित

अन‌ि यो पनि

चितवन । भरतपुरस्थित कोरोना विशेष अस्पतालमा आइसोलेसनमा बसेका सबै व्यक्तिहरुलाई भरतपुर अस्पतालमा सारिएको छ ।

दुई महिलासहित २२ जनालाई शनिबार साँझ ६ बजेको समयमा उनीहरुलाई भरतपुर अस्पताल सारिएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताए । कोरोना संक्रमित पाजेटिभ भए पनि लक्षण नदेखिएकाहरु भरतपुरस्थित कोरोना विशेष अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको थियो ।

भरतपुर अस्पतालले शनिबार नै एक विज्ञप्ति निकालेर कोरोना विशेष अस्पतालबाट भरतपुर अस्पतालमा सारिने जानकारी गराएको थियो । भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले कोरोना संक्रमित रहेकाले मर्मत गर्न नसकिएको बताए ।

‘समस्या देखियो अब शनिबारबाटै मर्मत सुरु हुन्छ’, बाथरुमको पानी आइसोलेसन वार्डमा आएकोबारे प्रतिक्रिया दिँदै डा अधिकारीले भनेका छन्, ‘भित्र संक्रमित हुँदाकै अवस्थामा मर्मत गर्न गाह्रो हुने भएकाले संक्रमितलाई भरतपुर अस्पतालमा सारेर काम अघि बढाइएको छ ।’

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया