रोटरीको अगुवाइमा निर्माण भएको खानेपानी योजना उद्घाटन

अन‌ि यो पनि

देवघाट । देवघाट–३ स्थित नाल्बुङमा सम्पन्न भएको नाल्बुङ खानेपानी तथा सरसफाइ योजनाको विधिवत शुभारम्भ गरिएको छ । नारायणगढ रोटरी क्लबको अग्रसरतामा निर्माण भएको योजनाको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर गुरुङले उक्त योजनाको उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले शुद्ध पानी पिउने नाल्बुङवासीको चाहना वर्षौंको प्रयासपछि सफल भएको बताए । गाउँपालिकाका कार्यकारी अधिकृत रामबाबु सुवेदीले स्थानीयवासी, रोटरी क्लब तथा गाउँपालिकाको त्रिपक्षीय समझदारीमा योजना सम्पन्न भएको बताए ।

कार्यक्रममा बोल्दै नारायणगढ रोटरी क्लबका अध्यक्ष सुसनलाल प्रधान, संस्थापक अध्यक्ष निरञ्जन प्रधानले खानेपानीको सुविधा नपुगेको ठाउँमा क्लबको तर्फबाट सहयोग गर्दै आएकोे बताए । उनीहरुले आगामी दिनमा पनि यस्ता सामाजिक काममा क्लबको सक्रियता रहने बताए ।

२०७६ सालको माघ २८ गतेबाट सुरुवात गरिएको नाल्बुङ खानेपानी तथा सरसफाइ योजनाले केही दिनअघि मूर्तरुप लियो । उक्त योजना सम्पन्न भएपछि स्थानीयवासीमा खुसी छाएको छ । खानीपानी योजनामा देवघाट गाउँपालिकाको २० लाख रुपैयाँ र नारायणगढ रोटरी क्लबको ५ लाख ४० हजार रुपैयाँ लगानीसँगै स्थानीयको ६ लाख ७६ हजार २४७ रुपैयाँ बराबरको लगानी छ ।

खानेपानी योजनाका प्राविधिज्ञ इन्जिनियर गुणेश्वर महतोको अनुसार बस्तीदेखि करिब १५० मिटर तल रहेको स्रोतबाट पम्पको माध्यमबाट पानी तानिएको छ । पानी तान्नका लागि २८ वटा पातासहितको सोलार प्रणाली जोडिएको छ । १६ हजार लिटरको भण्डारण ट्यांकी निर्माण गरेर ४९ वटा धाराहरुमा पानी पु¥याइएको महतोले बताए । यस गाउँमा जनजाति तथा दलित समुदायका ४९ परिवारको बसोबास रहेको छ ।

उद्घाटन कार्यक्रममा क्लबका पूर्वअध्यक्षहरु अरुणकुमार पिया, रोहितकुमार श्रेष्ठ, विज्ञानलाल श्रेष्ठ, रमेश श्रेष्ठ, सहनलाल प्रधान, नारायण प्रधान, वर्ष २०२०/०२१ का लागि निर्वाचित अध्यक्ष अनुकूल श्रेष्ठ, द्वितीय उपाध्यक्ष भोलानाथ लामिछाने, सचिव यज्ञमुनि बज्राचार्य निवेश श्रेष्ठ, बसन्तबहादुर पाण्डे, दिनेश थपलिया, देवमाया श्रेष्ठ, अन्जुकृष्ण जोशी, ज्ञानु श्रेष्ठ, सेवन पन्त, फस्ट लेडि सम्झना प्रधान र रोट¥याक्टर आरजु जोशी, प्रान्जल श्रेष्ठलगायतको उपस्थिति थियो ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया