आश्रमलाई मेसिन सहयोग

अन‌ि यो पनि

देवघाट । श्रीराम जानकी बालिका आश्रमलाई अमेरिकन नागरिक रुडियोर्कले एक थान सिलाई मेसिन सहयोग गरेका छन् । नेपालबाट रमेश सापकोटा र रामचन्द्र खत्रीको समन्वयमा उक्त मेसिन सहयोग प्राप्त भएको हो ।

लकडाउनका कारण खाली बस्नुपरेका बालिकाहरूलाई सिलाई कटाई सिक्न उक्त मेसिनले ठूलो भूमिका खेल्ने आश्रमकी आमा सावित्री टण्डनले बताइन् । शनिबार सामाजिक अभियन्ताहरू छाया श्रेष्ठ र रोहितकुमार श्रेष्ठलगायतको उपस्थितिमा सापकोटा र खत्रीले देवघाटस्थित आश्रम पुगेर उक्त मेसिन हस्तान्तरण गरेका हुन् ।

आश्रममा २३ जिल्लाका चार वर्षदेखि १७ वर्षसम्मका २८ जना बालिकाहरू आश्रित छन् । सीताराम माविको छात्रावासमा आश्रय लिइरहेका उनीहरू नर्सरीदेखि कक्षा १२ सम्म अध्ययनरत छन् ।

आश्रित बालिकाहरूले गुरूकुलीय शिक्षा र आध्यात्मिक शिक्षालाई पनि सँगसँगै अगाडि बढाउँदै आएको आश्रमको दाबी छ । आठ वर्षदेखि सञ्चालित उक्त आश्रमबाट हालसम्ममा ३९ जना बालिकाहरूलाई परिवारसँग पुनर्मिलन गराइसकेको आश्रमकी आमा टण्डनले बताइन् ।

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...