सेवकहरु

अन‌ि यो पनि

कवचहरुमा तिमी साक्षात्कार देवता हौ
सेवकहरुमा तिमी सङ्कटमोचक हौ

अहोरात्र खटिएका छन् चिकित्सकहरु
अनि कोभिडलाई छेक्दैछन् नर्सहरु
अटल छन् ती तिम्रा हत्केलाहरु
सबको रक्षामा चकमन्न पाइलाहरु
रक्षकहरुमा तिमी नेपाली सैनिक हौ
सेवकहरुमा तिमी चट्टाने दरिलो हौ

पृथ्वीले तिमीलाई जन्म दिएकी
सारा दुश्मनको छातीमा टेक्न
सरस्वतीले कलम थमाएकी
समसामयिकताको सधैँ बयान गर्न
जनहरुमा तिमी कर्मठ निडर हौ
कोभिड हराउन तिमी कम्मर कसेका छौ

रक्षकहरुमा तिमी प्रखर प्रवक्ता हौ
सेवकहरुमा तिमी स्वतन्त्र लेखक हौ
कवचहरुमा तिमी साक्षात्कार देवता हौ
सेवकहरुमा तिमी सङ्कटमोचक हौ

(‘ऋतुहरुमा तिमी’को गीतिलयमा आधारित)

[email protected]

 

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया