चितवनका ३० संक्रमितको अवस्था सामान्य

अन‌ि यो पनि

भरतपुर । कोभिड १९ परीक्षण प्रयोगशालाले शुक्रबार माडी नगरपालिकाका आठ जनामा कोरोना संक्रमण पुष्टि गरेको छ । भारतबाट आएका आठ जना सबै माडी नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा बसेका थिए ।

‘माडी नगरपालिकामा शुक्रबार थपिएका आठ जनासहित चितवन जिल्लामा संक्रमितको संख्या ३६ पुग्यो’ स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले भने, ‘राप्ती नगरपालिकाका दुई जनासहित चितवनका पाँच जना डिस्चार्ज भएर गएका छन् ।

एक जनाको मृत्यु भएको छ भने बाँकी ३० जनाको अवस्था नर्मल (सामान्य) छ ।’ उनका अनुसार सबै संक्रमितको अवस्थामा कोरोनाको सबै किसिमका लक्षण छैनन्, कसैमा केही पनि लक्षण देखिएको छैन ।’

प्रमुख तिवारीले संक्रमणको संख्या बढिरहँदा बजारमा चहलपहल पनि बढिरहेको हुनाले चितवनमा जोखिम कायमै रहेको बताए । उनले संक्रमितको संख्या अझै बढ्न सक्ने संकेत गरेका छन् । उनले भने, ‘क्वारेन्टाइनमा बसेका सबैको परीक्षण हुन पनि बाँकी छ, क्वारेन्टाइनमा बस्नेहरुको संख्या पनि बढिरहेको छ, जसका कारण चितवनमा संक्रमितको संख्या अझ बढ्न सक्छ ।’

चितवनमा कोरोना भाइरसको संक्रमणको संख्या बढ्दै जानु र कोरोनाकै कारण एक जना वृद्धको मृत्यु भएपछि केही त्रास फैलिएको थियो । सरकारले लकडाउनलाई केही खुकुलो बनाउने रणनीति बनाएसँगै यहाँ चहलपहल बढ्न थालेको छ । ‘चहलपहल बढेको देखिन्छ, यही चहलपहलले कोरोनाको जोखिम पनि बढाएको छ’ प्रमुख तिवारीले भने ।

चितवनको दुई नगर भरतपुर महानगर र माडी नगरपालिकामा संक्रमणको संख्या बढेको छ । माडी नगरपालिकाले पाँच दिनलाई आफ्नो नगर सिलसमेत गरेको छ ।

माडी नगरपालिकाले भारतबाट उद्धार गरेर ल्याएका थप आठ जनामा कोरोना पुष्टि भएपछि सो क्षेत्रमा पनि यतिबेला त्रास बढेको छ ।

उद्धार गरेर माडी ५ को दिवाकर स्मृति विद्यालय रमाइलाडाँडा क्वारेन्टाइनमा राखिएका आठ जनामा शुक्रबार कोरोना देखिएको हो ।

भरतपुर अस्पतालका प्रमुख मेसु श्रीराम तिवारीका अनुसार भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा माडीका ८५ जनाको स्वाब परीक्षण गरिएकोमा आठ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा ३४, २५, ४७, २७, २७, ५१, ४५ र १९ वर्षका छन् छन् । यसअघि माडीका ६ जनामा कोरोना पुष्टि भएको थियो । यससँगै माडीमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ ।

कोरानो संक्रमण पुष्टि भएका माडीका ८ जना संक्रमितमध्ये सात जनालाई भरतपुर नल्याइने भएको छ । सात जनालाई माडी क्याम्पसमा तयार पारिएको आइसोलेसनमा राखिने माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिए । एक जनालाई सामान्य ज्वरो आएकाले भरतपुर पठाइने सम्भावना छ ।

नगरपालिकाले माडी क्याम्पसमा ३० बेडको आइसोलेसन केन्द्र स्थापना गरिसकेको नगरप्रमुख ढकालले जानकारी दिए । बघौडा अस्पतालमा दुई बेडका आइसियूसमेत जडानको काम भइरहेको छ ।

प्रतिकृया

मुख्य समाचार

नेपालका लागि राहत सङ्कलन गर्न बेलायती अभिनेताले थाले मौन अभियान

लन्डन । अभिनेता, टेलिभिजन प्रस्तोता एवं लेखकका सुपरिचित बेलायती नागरिक ब्रायन ब्लेस्डले नेपालमा कोभिड रोकथाम र नियन्त्रणमा सहयोग पुगोस्...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया