कोरोना संक्रमित ६ जनालाई पिसिआर परीक्षण नगरी डिस्चार्ज

अन‌ि यो पनि

नवलपरासी । पूर्वी नवलपरासीका ३ जना र चितवनका तीन जना गरी ६ जना कोरोना संक्रमितलाई पुन पिसिआर परीक्षण नगरी डिस्चार्ज गरिएको छ ।

भरतपुर अस्पतालमा उपचाररत नवलपुरका ३ जना र चितवनका ३ जनालाई डिस्चार्ज गरिएको भरतपुर अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पूर्वी नवलपरासीको देवचुली १२ का ४९ वर्षीय पुरूषलाई ३१ दिनपछि, देवचुली १ का १९ वर्षीय पुरूषलाई १५ दिनपछि र विनयी त्रिवेणी ६ का ४५ वर्षीेय पुरूषलाई २१ दिनपछि शुक्रबार डिस्चार्ज गरिएको हो ।

त्यसैगरी चितवनको भरतपुर महानगरपालिका ६ का वर्ष ५२, वर्ष ७४ र ७३ का ३ जनालाई २० र २१ दिनको दिन शुक्रबार डिस्चार्ज गरिएको हो । उनीहरुमा पिसिआर परीक्षणमा कोरोना पोजेटिभ आए पनि सर्ने सम्भावना अत्यन्तै न्यून हुने हुँदा पालिका प्रमुख, वडाअध्यक्ष, स्वास्थ्य शाखासँगको समन्वयमा डिस्चार्ज गरिएको जनाएको छ ।

उनीहरुलाई १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने, क्वारेन्टाइनको सबै नियम पालना गर्नुपर्ने, घरका परिवारका सदस्यसँग एक मिटरको दुरी कायम गर्नुपर्ने, साबुन पानीले मिचीमिची हात धुनुपर्ने, मास्क प्रयोग गर्ने, पौष्टिक खानाहरु सन्तुलित रुपमा खाने, कुनै नयाँ लक्षण देखिए

सम्बन्धित चिकित्सकसँग सम्पर्क गर्ने सर्तमा छाडिएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले बताए ।

प्रतिकृया

मुख्य समाचार

कोरोनाले छुटायो ‘घरदैलो विद्यार्थी भर्ना कार्यक्रम’

–किशोर खनाल भरतपुर । शिक्षा मन्त्रालयको निर्देशनअनुसार चितवनमा असार १ गतेदेखि स्कुल (नर्सरीदेखि नौसम्म) भर्नाको अभियान चलिरहेको छ । कोरोना...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया