शनिबारदेखि जीतपुर बजार खुल्ने

अन‌ि यो पनि

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–२८ स्थित जीतपुर बजारका साना–ठूला हरेक पसलहरु शनिबारदेखि पूर्णरुपमा सञ्चालन हुने भएका छन् ।

भरतपुर–२८, वडा कार्यालय र जीतपुर बजार व्यवस्थापन समितिको शुक्रबार सम्पन्न बैठकले जिल्ला प्रशासन कार्यालयको नियमलाई पालन गर्दै बजार खोल्ने निर्णय गरेको हो ।

भरतपुर–२८ को सरस्वती मावि जीतपुरको क्वारेन्टाइनमा रहेका ३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि आसपासको क्षेत्र पूर्णरुपमा सिल गरिएको थियो ।

बजार र पसल खुल्ला गर्ने निर्णय भएको र बजार खोल्नका लागि सामाजिक दूरी कायम गरी सतर्कता अपनाउनुपर्ने सर्त राखिएको जीतपुर बजार व्यवस्थापन समितिका अध्यक्ष सन्दीप गदालले बताए । सतर्कता नअपनाइएका पसललाई बन्द गरिने उनले बताए ।

बैंक तथा वित्तीय संस्थालाई दिनभरि सञ्चालन गर्न दिने भरतपुर–२८ का वडा सदस्य नेत्रप्रसाद आचार्यले बताए । सरस्वती माविको क्वारेन्टाइनमा रहेका २२ जनामा गरिएको पिसिआर टेस्टमा ३ जनामा कोरोना पोजेटिभ भेटिएको छ ।

रोजगारीको सिलसिलामा भारत गएकाहरु फर्कने क्रम जारी रहेकोले संक्रमितको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । अहिलेसम्म वडा नं–२८ का क्वारेन्टाइनमा मात्रै ५९ जना रहेको र ३ जना क्वारेन्टाइन अवधि पूरा गरी परीक्षणपश्चात् घर फर्किएको उनले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया