सामुदायिक वनमा काउसोको बिरूवा रोपियो

अन‌ि यो पनि

भरतपुर । नवजागृति सामुदायिक वनमा काउसोको बिरूवा रोपिएको छ । भरतपुर महानगरपालिका–११ स्थित वनमा १०० बढी काउसोको बिरूवा रोपिएको हो ।

सामुदायिक वनलाई उत्पादनमूलक क्षेत्रका रुपमा प्रयोग गर्न बहुउपयोगी गुण भएको काउसो रोपिएको बागमती प्रदेशका सांसद् विजय सुवेदीले बताए । काउसो दुई प्रकारको हुन्छ । “एउटा काउसो चिलाउने हुन्छ, जुन हामी सबै त्यसबाट डराउँछौं”, उनले भने, “हामीले रोपेको बिरूवा नचिलाउने खालको हो ।”

यो तरकारी खानका लागि घरघरमा लगाउन सकिन्छ । सामुदायिक वनमा खेर गएको जमिनमा तरकारी उत्पादन गर्ने उद्देश्यका साथ बिरूवा रोपिएको उनले बताए । सामुदायिक वनको आयआर्जन वृद्धि गर्नका लागि उत्पादनमूलक फलफूल र तरकारी लगाउनुपर्नेमा उनको जोड छ ।

सांसद् सुवेदीले असार १४ गते आफ्नो निर्वाचन क्षेत्रमा ५० हजारभन्दा बढी बिरूवा रोप्ने योजना रहेको जानकारी दिए । भरतपुर एक बगैँचा अभियान सुरू गरेका सांसद् सुवेदीले कौशीखेती र करेसाबारीलाई प्रोत्साहन गर्दै आएका छन् ।

“यो प्राचीन आयुर्वेद पद्धतिमा मह¤वपूर्ण छ”, काउसो खेतीसम्बन्धी जानकार परशुराम लामिछानेले भने, “हामी चिलाउँछ भनेर तर्सन्छौँ, तर यो बहुउपयोगी छ । उनले यसलाई पौष्टिक आहारका रुपमा पनि प्रयोग गर्न सकिने बताए ।

मानिसको रोग प्रतिरोधात्मक क्षमता बढाउन यसले मह¤वपूर्ण भूमिका खेल्ने उनले बताए । “यो अल्जाइमर, पार्किनसन र नसासम्बन्धी रोगका बिरामीलाई मह¤वपूर्ण औषधि हुन्छ”, लामिछानेले भने । पहिले–पहिले थारु समुदायको खेतबारीमा हुने काउसो अहिले लोप हुँदै गएको उनले बताए । यसको उपयोगिता थाहा भएपछि पछिल्लो समय घरघरमा अभियानका रुपमा समेत रोप्न थालिएको उनले भने ।

नवजागृति सामुदायिक वनका अध्यक्ष पुस्तक गौतमले वनले आफँै गर्नुपर्ने काम सांसद्ले गरेको भन्दै यसलाई अभियानका रुपमा सञ्चालन गरिने बताए । नवजागृति वनलाई उत्पादनमूलक क्षेत्रमा लगाउने उनले उद्घोष भने । “हामीले अहिलेसम्म ढलेका रूख काटेर मात्रै वनको व्यवस्थापन गरेका छौँ”, उनले भने, “अबका दिनमा यसलाई उत्पादनसँग जोड्नुपर्छ ।”

काउसो नेपालका विभिन्न भूभागमा पाइने एक प्रकारको ओखतीय गुण भएको जङ्गली वनस्पति हो । काउसोको लहरा हुन्छ, यसको पात सिमीको पातजस्तै तीनपाते हुन्छ भने आकारमा सिमीको पातभन्दा ठूलो हुन्छ । यसको कोसा पनि सिमीकै कोसाजस्तो हुन्छ । यसको कोसामा एक प्रकारको झुसहरु हुन्छन् । यसको गेडा र जरालाई विभिन्न रोगको औषधि बनाउन प्रयोग गरिन्छ । रासस

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया