ADVERTISEMENT
१८ फाल्गुन २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१८ फाल्गुन २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

दिल्ली सम्झौताका सूत्रधार नेहरू

by चितवन पोष्ट
२०७१ बैशाख ५, शुक्रबार ०३:३९ गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

स्वयम्भुनाथ कार्की
राजा त्रिभुवन भारत गएपछि राणाले बनाएको राजालाई मान्यता दिन ब्रिटिस भारतलाई दबाब दिँदै थियो, तर नेहरू त्यो मान्यता दिए कमनवेल्थ छोड्ने धम्की दिँदै थिए । बीपीले ब्रिटेनमा लेवर पार्टीको सरकार भएकाले आफूलाई समर्थन गर्ने आशा गरेका थिए, तर भयो त्यसको विपरीत । परिच्छेद ३१ मा उनी भन्छन्– ‘ब्रिटेनमा लेवर पार्टीको सरकार छ । लेवर पार्टी हामीलाई समर्थन गरिरहेको छैन, उनीहरुलाई (राणा) गरिरहेबो छ ।’ कुनै पनि पार्टी विदेशी सरकारमा भए पनि आफूसँग सिद्धान्त मिल्नेभन्दा आफ्नो मुलुकको स्वार्थ मिल्नेलाई समर्थन गर्दछ भन्ने कुराको उदाहरण हो यो । कूटनीतिक तहबाट भारतले राजा त्रिभुवनलाई समर्थन ग¥यो । बीपी भन्छन्– ‘उनलाई समर्थन गर्नुको मतलब, हाम्रो आन्दोलनलाई समर्थन गरेको छ ।’ उनको यो भनाइलाई कांग्रेसले गरेको आन्दोलन वा क्रान्तिमा राजा त्रिभुवनको के प्रभाव थियो, त्यो प्रस्ट गर्छ । पार्टीमा मनमुटाव हुने डरले पचास लाख रूपैयाँ राजालाई जिम्मा लगाउने असफल प्रयास अनि भारतले राजा त्रिभुवनको समर्थन नै आन्दोलनको समर्थन हुने स्थितिले आफ्नो तर्फबाट त्यो क्रान्तिमा राजा त्रिभुवनको योगदान पनि बीपीले परोक्ष रुपमा स्वीकार गरेका छन् ।
नेपाली कांग्रेसको आन्दोलनको तयारीसँगै नेहरूले चलाखीपूर्ण तरिकाले आन्दोलनका सबै पक्षमा आफ्नो बलियो पकड बनाउ“दै थिए । यसै क्रममा नेहरूले पद्म शमशेरलाई नेपालको वैधानिक कानुन बनाउन सहयोग गर्न श्रीप्रकाशलाई पठाए । पद्म शमशेरलाई नेपाल फर्काउन बल गर्न बीपीलाई सम्झाए । दुवै कुरा असफल भएपछि बीपीलाई कहिले नरम कहिले गरम व्यवहार गरेर आफूअनुकूल बनाउने प्रयत्न निरन्तर गर्दै थिए । हतियार मगाउन दिए, नेपालको सिमानासम्म पु¥याउन पनि मद्दत गरे । तर, पचास लाख रूपैयाँ जफत गरे । बीपीले आपत्ति जनाउ“दा उल्टै हपार्न पनि भ्याए । हतियार माग्दा पटाका पनि दिन्नँ, बरू हतकडी लगाउँछु पनि भने । राजालाई पाल्पा लैजाने कांग्रेसको योजना परोक्ष रुपमा तुहाइदिए ।
परिच्छेद २७ मा बीपीले राजा बाहिर निस्केको बेला सम्पर्क गरेर गढीमा भगाएर ल्याउने टोलीको कुरा कसरी प्रकट भयो, सबै समातिए र खूब पिटिए भनेका छन् । पछिका घटनाक्रम हेर्दा यो कुरा प्रकटमा कतै नेहरूको हात त थिएन भन्ने कुरालाई पनि बल पुग्छ । किनभने, त्यसपछि राजा भारतीय दूतावासमार्फत नेहरूको पाहुना हुन पुगेका छन् । नेहरूले पनि राजालाई हैदरावाद हाउसमा राखे । सम्झौताको कुरो नहुन्जेल बीपीलाई राजा भेट्न पाएनन् । सम्झौता हुने भएपछि राजा र बीपीको भेट सहज गराए ।
यसरी बीपीको राजा भगाउने योजना तुहिएपछि राजा भारत सरकारको पाहुना लाग्न पुगे । बीपीकै शब्दमा ‘अब एउटा हतारको परिस्थिति हाम्रो संघर्षमा आयो । राजासँग भेट्न पाइएको छैन । हिन्दुस्थानले पनि दिँदैन, राजाले पनि भेट्दैनन् । म कतिपल्ट दिल्ली गए“, राजाका छोराहरुसँग भेट भयो तर राजासँग भेट भएन । ‘हुन त, राजाका छोराहरुसँगको भेटलाई पनि सार्थक बनाउन सकिन्थ्यो होला । तर, बीपीलाई नेहरूमार्फत नै भेट हुने वा सार्थक कुरा हुने सोच आएजस्तो देखिन्छ । नेहरूको गोप्य सहयोगले (उनले ताकेरै तीन जनालाई मात्र भरोसा गर्न भनेका छन् ।) नेपालको सीमाक्षेत्रमा पु¥याउने मात्र हैन, गुप्तचरी सूचना पनि बीपीलाई उपलब्ध गराउने गरेका थिए । आफ्नो भीमफेदी कब्जा गर्न जाने योजनामा पटनाको आईजीले राणाका फौज कुच गरिसकेको जानकारी पाएको बीपीले उल्लेख गरेका छन् । त्यसैको भरोसामा योजना रोकेर गल्ती भएको स्वीकार गरेका छन्, किनभने त्यो सूचना पछि गलत भएको छ । भारतीय प्रेसले पनि क्रान्तिलाई पूर्ण समर्थन गरेको थियो । यो कुरा बीपीले परिच्छेद ३१ मा विजय शमशेरको भनाइका रुपमा उल्लेख गरेका छन, ‘भारतीय प्रेसमा कांग्रेसी बन्दुकभन्दा बढी आवाज निक्लन्छ ।’
यसरी नेहरूले नजानिँदो किसिमले नेपाली कांग्रेसको कमान आफ्नो हातमा पारेका थिए, जुन कुराको बलियो छनक परिच्छेद ३२ मा पाइन्छ । नेपाली कांग्रेसका तर्पmबाट को–को रहने र कुन–कुन विभाग क–कसले लिने भन्नेमा पनि नेहरूको निर्देशनात्मक सल्लाहले धेरै काम गरेको छ । बीपीका अनुसार उनले नेहरूसँग रक्षा र गृहको माग गरेका थिए, जसलाई नेहरूले सहजै पन्छाइदिए । सेनामा राणाको धेरै प्रभाव छ, त्यसैले गृह लिएर पुलिसलाई सेनाजत्तिकै मजबुत बनाउनोस् भनेर । सी. पी. एन. सिन्हामार्फत बीपीलाई अर्थ र सुवर्णजीलाई गृह लिन आग्रह पनि गराए । यसमा भने बीपीले गृह आफैँले लिने कुरा कायम भयो । यो कुरा सी. पी. एन. सिन्हाको बदला नेहरूले नै भनेका भए सम्भव थियो, सुवर्णजी गृहमन्त्री र बीपी अर्थमन्त्री हुने थिए ।
हस्तक्षेप यति धेरै थियो कि बीपी सोही परिच्छेदमा अगाडि भन्छन्– ‘जब म नेता छु, आफ्नो समूहबाट म चुन्छु कसलाई लिने भनेर ।’ मन्त्री हुन सूर्यप्रसादले आफूलाई नभनेर डेलिकेसन लिएर नेहरूकोमा गएको कुराको उल्लेखले उनमाथि नेहरूको कस्तो दबाब थियो भन्ने जनाउँछ । नेहरूले पनि पश्चिमको प्रतिनिधिका रुपमा सूर्यप्रसादलाई लिन भने, तर बीपीले सूर्यप्रसाद पश्चिमको नभएको ज्ञात गराएपछि नेहरू चुप लागे, तैपनि पश्चिमको कोही लिनैपर्ने कुरा भने स्थापित भयो । त्यसैले, नेहरूलाई भरतमणि पश्चिमको भनेर बीपीले देखाए । तर, भरतमणि २५ वर्ष नपुगेको बहानामा मन्त्रिपरिषद्मा सामेल गर्न अड्चन लागेरै छोड्यो । यसरी आत्मवृत्तान्तका अनुसार दिल्ली सम्झौताका सूत्रधार र निर्देशक नेहरू देखिन्छन् । नेहरूको प्रभाव यत्तिमै मात्र रोकिएन, मन्त्रिपरिषद् गठन भएपछि पनि उनको प्रभाव कायम रह्यो, जसलाई कम गर्ने प्रयत्नमा बीपी र नेहरूको सम्बन्धमा चिसोपन बढेको कुरा शासन सञ्चालनका क्रममा देखा परेको छ ।

Related Posts

नेपालमा चुनौतीपूर्ण बन्दै चरा संरक्षण

नेपालमा चुनौतीपूर्ण बन्दै चरा संरक्षण

आधुनिक समाजवादको अपेक्षा

आधुनिक समाजवादको अपेक्षा

धर्म जीवनको खोज हो

तपाईंको सबैभन्दा ठूलो क्षमता !

Discussion about this post

अन‌ि यो पनि

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार
अर्थ

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार

खैरहनी । चितवनको नारायणगढबाट सेवा प्रदान गर्दै आइरहेको फेसबुक कम्प्युटर सप्लायर्सले जिल्लाको पर्सामा शाखा विस्तार गरेको छ । दोस्रो शाखाको...

Read more
निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

Chitwan Post

डोजरले फालेको माटाले पुरेर मृत्यु

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

आहार र बासस्थान अभावले गैँडा भारत जाने जोखिम

निकुञ्जका गैँडा बासस्थान खोज्दै पश्चिमतर्फ

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In