६ जना कोरोना संक्रमित भरतपुर अस्पतालबाट डिस्चार्ज

अन‌ि यो पनि

नवलपरासी । पूर्वी नवलपरासीका ३ जना र चितवनका ३ जना गरी ६ जना कोरोना संक्रमितलाई डिस्चार्ज गरिएको छ । भरतपुर अस्पतालमा उपचाररत नवलपुरका ३ जना र चितवनका ३ जनालाई डिस्चार्ज गरिएको भरतपुर अस्पतालले जनाएको छ ।

पूर्वी नवलपरासीको देवचुली १२ का ४९ वर्षका पुरुषलाई ३१ दिनपछि, देवचुली १ का १९ वर्षका अर्का पुरुषलाई १५ दिनपछि र विनयी त्रिवेणी ६ का ४५ वर्षका अर्का पुरुषलाई २१ दिनपछि शुक्रबार डिस्चार्ज गरिएको हो ।

त्यसैगरी चितवनको भरतपुर महानगरपालिका ६ का वर्ष ५२, वर्ष ७४ र ७३ का ३ जनालाई २० र २१ दिनपछि शुक्रबार डिस्चार्ज गरिएको छ । उनीहरुलाई १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने र कुनै नयाँ लक्षण देखिए सम्बन्धित चिकित्सकसँग सम्पर्क गर्ने सर्तमा डिस्चार्ज गरिएको भरतपुर अस्पतालका मेसु डा. श्रीराम तिवारीले बताए ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा उपचार गर्ने संक्रमित घट्दै, भेन्टिलेटरमा २१ सहित आइसियूमा ९९ उपचाररत

चितवन, ११ असार । चितवनका अस्पतालमा शुक्रबार २२२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया