माडीका संक्रमितलाई भरतपुर नल्याइने

अन‌ि यो पनि

भरतपुर । शुक्रबार कोरानो संक्रमण पुष्टि भएका माडीका ८ जना संक्रमित मध्ये सात जनालाई भरतपुर नल्याइने भएको छ । सात जनालाई माडी क्याम्पसमा तयार पारिएको आइसोलेसनमा राखिने माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले जानकारी दिए ।

एक जनालाई भने ज्वरो आएकाले भरतपुर पठाउने तयारी भइरहेको उनले वताए । नगरपालिकाले माडी क्याम्पसका ३० बेडको आइसोलेसन केन्द्र स्थापना गरिसकेको नगर प्रमुख ढकालले जानकारी दिए । बघौडा अस्पतालमा दुई बेडका आइसियु समेत जडान हुन लागेको उनले वताए ।

सुनौली नाकाबाट उद्धार गरी माडी ५ स्थित दिवाकर स्मृति विद्यालय रमाइलो डाँडाको क्वारेन्टाइनमा राखिएका ८५ जनामध्ये ८ जनामा शुक्रबार कोरोना पुष्टि भएको थियो । संक्रमितहरु १९ बर्षदेखि ५१ बर्षसम्मका पुरुष रहेका छन् । माडीका विभिन्न क्वारेन्टाइनहरुमा हाल २२८ जना छन् । माडी मावि र जनकल्याण माविका क्वारेन्टाइनमा राखिएकाहरुको पिसिआर परिक्षण गर्न बाँकी छ ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया