अनिल ढकाल
हामीले विगतमा ठान्यौ, यो देशका राजनैतिक दलका नेता मात्र विदेशीका चाकडीका लागि लम्पसार हुन्छन् । तर, यतिमात्रै हुँदा रहेनछन्, यहाँका शिक्षा क्षेत्रका कतिपय व्यक्तिहरु पनि विदेशीको मतियार बन्न तयार हुँदा रहेछन् र उनीहरुकै भजन गाउनमा आनन्द ठान्दा रहेछन् । हाम्रा क्रिकेटका खेलाडीले विश्वसामु हाम्रो देशलाई चिनाउँदा, अन्तर्राष्ट्रिय टेलिभजनले हाम्रो राष्ट्रिय गीत “सयौं थुङ्गा फूलका हामी….” बजिरहँदा हाम्रो छाती गर्वले फुकेको थियो । हाम्रो आफ्नै स्वाभिमान छ । हामीले यो पनि अनुभव गरेका छौँ कि छिमेकी मुलुकले कतिसम्म हेप्छन् भन्ने कुरा । कहिले सीमाका कुराले त कहिले बुद्ध भारतमा जन्मेको भनेर भारतले पटकपटक हाम्रो राष्ट्रियतामाथि धावा बोल्दै आएको छ । तर चितवनमा हाम्रो स्वाभिमानीमा आँच आउने काम गरियो त्यो पनि नेपाली दाजुभाइ बाट । भारतले एउटा भवन बनाइदिएको भरमा उसको गुलामी गर्न पछि परेनन् । चैत्र २६ गते मंगलबार चितवनको एक विद्यालय शारदानगर उच्च माविको प्राङ्गणमा भारतको कुनै विद्यालय वा भारतका कुनै क्षेत्रभन्दा कम थिएन ।
शारादा उच्च माविको भवन भारतले बनायो, यसको उद्घाटनका लागि भारतीय राजदूत रञ्जित रे आए, तर उनी आउँदा हाम्रा आयोजक नेपालीले आफू नेपाली भन्न बिर्सिए । कसरी भारतका ती राजदूत खुसी हुन्छन् भन्नेतिर तिनीहरु लागेको देख्दा पनि अचम्म लागेर आयो । शारदा उच्च माविको यो तरिकाको सर्वत्र विरोध भएको छ । नेपालका झण्डाभन्दा बढी भारतका झण्डा थिए । दुईवटा झण्डा भए पनि हुन्थ्यो, तर त्यहाँ त लाजमर्दो स्थिति देखाप¥यो । शिरमा नेपाली टोपी लगाएका तर हातमा भारतीय झण्डा र ओठमा ‘जय हिन्द’ भन्न तयार ओठहरु लिएर उभिएका केही बुझेकाहरु थिए भने, अरु अबुझ, निर्दोष, स्कुलका विद्यार्थीहरुलाई चर्को घाममा उभ्याएर हातमा भारतीय झण्डा बोक्न लगाइएको थियो । यो दृष्य देख्दा आयोजकहरुप्रति उनीहरुको विचार चिन्तनप्रति दया त जाग्यो नै क्रियाकलाप अति घीनलाग्दो, लाजलाग्दो थियो । प्रभुका अगाडि भक्तहरु लम्पसार परेकोजस्तै अनुभूति हुन्थ्यो । हामी साच्चै वीर पुर्खाका सन्तान हौ र ? भन्ने लाग्थ्यो, नालापानीको युद्धमा वीर बलभद्रलगायतले, आधुनिक हतियारका विरुद्धमा ढुंगा र मुढाले लडेका के साच्चै होलान् र जस्तो लाग्थ्यो । आयोजकहरुमात्र होइन्, राजनैतिक दलका तर्फबाट जनताका प्रतिनिधि भएर पुगेका २ जना काँग्रेसका माननीयहरु, आफ्नो मर्यादा बिर्सिएर आफ्नो पदीय हैसियत भुलेर भारतका सामान्य कर्मचारीका अगाडि झण्डैझण्डै लम्पसारको अवस्थाको भक्तिभावमा देखिए । यो सबै देख्दा लाग्थ्यो यो कस्तो पराजित मानसिकता, यो कस्तो दूर्दशा, यो कस्तो राष्ट्रियता, यो कस्तो स्वाधीनता । यति मात्र कहाँ हो र ? नेपालका राजामहाराज आउनेभन्दा चर्को खालको सुरक्षा व्यवस्था स्कटिंग गरिएको थियो भारतीय राजदूत र महावाणिज्य दूतको आगमनमा । जिल्ला सुरक्षा निकायका प्रमुखहरु जागिर नै फुस्किएला जस्तो गरी हतार र हतासमा देखिन्थे । जिल्ला सिंगो सुरक्षा शक्ति अन्यत्र कही कतै केही भैहालेको भए जान सक्ने अवस्थामा थिएन, कारण सबै त्यहीँ केन्द्रित गरिएको थियो । यस्तो मह¤व र यस्तो पराजित मानसिकताबाट देश कसरी स्वाधीन रहन सक्ला ? भन्ने प्रश्न जन्मन्छ । स्कुलमा पढ्ने साना साना बालबालिकाहरुको हातमा नेपालको होइन, भारतको झण्डा बोक्न लगाएका थिए कार्यक्रमका आयोजकले । के सिकाउँछन् उनीहरुले विद्यार्थीहरुलाई ? यो बिडम्वना माग्नेहरुको कारण, अभाव र रहरका रोगीहरुले सिर्जना गरेका थिए । भारतले एउटा भवन बनाइदिएको उपलक्ष्यमा पराइका गीत गाउन तयार थिए उनीहरु, जसलाई यो देशको माटो भर लागेन । एउटा स्कुलको भवन बनाउन नसकेर अर्कोको देशको झण्डा र राष्ट्रिय गीत गाउन तयार सजिलै बन्नेहरुलाई धिक्कार गर्न बाहेक के गर्न सकिएला र ? नेपाल र नेपाली स्वाभिमान र वीरतालाई लातीले कुल्चने चेष्टाहरुका अगाडि यसरी लम्पसार पर्दा पनि हिनताबोध नहुनेहरुसँग कुनै गुनासो छैन । कसले पढाइदिने त्यहाँका बौद्धिक र गुरुलाई राष्ट्रियताको पाठ, कसले सिकाइदेला स्वाभिमान र राष्ट्रिय गौरव, कसले चिनाइदेला उनीहरुलाई हाम्रा वीर पुर्खा । कहिले पढ्लान् र बुझलान् नेपाली वीरता र इतिहास । राष्ट्रिय राष्ट्रियता र मातृभूमि भन्दा ठूलो कुरा अरु केही हुन सक्दैन । एउटा विद्यालयको भवन बनाउँदैमा यस्तो धुमधाम भजनकीर्तन गरेर उनीहरुको गीत गाउन जरुरी थियो ? यस्तो राजा महाराज आउनभन्दा पनि बढी तामझाम गर्न के जरुरी थियो ?
अरुका अगाडि २ हात पसारेर माग्नु भन्दा उनीहरुको गुणगान गाउनु भन्दा कलिला अबोध स्कुले नानीबाबुको हातमा भारतीय झण्डा बोक्न लगाउनुभन्दा बरु खुल्ला आकाश मुनि राखेर पढाउने हिम्मत गर्दछ एउटा स्वाभिमानी नेपालीले । भारतीय राजदूतहरुका अगाडि, भारतीय एक जना सामान्य कर्मचारीका अगाडि आफ्नो ज्यान सवार नेपाली माया र वीरतालाई छाडेर अर्काको पहिरिन खोज्नु लाजमर्दो विषय हो । हामी अभाव स्वीकारेर संर्घष गर्नभन्दा राष्ट्रियता त्यागेर विदेशीको गुलामी गर्न पछि पर्दैनौं, हामी नेपाली स्वाभिमानलाई ४ पर्खालका भित्ताहरुमा टाँसेर भजन गाउन पनि तयार हुन्छाँै । आफ्नो देशको नागरिकता त्यागेर विदेशीको नागरिक बन्न हतारिन्छाँै । हाम्रो देशको प्रधानसेनापति पढेको विद्यालयको एउटा भवन बनाउन सक्दैनाँै र धूर्त छिमेकीको पाऊ पर्दछाँै । हाम्रो देशको प्रधानमन्त्रीको क्षेत्रमा एउटा विद्यालय बनाउन सक्दैनौँ बरु विदेशीको राष्ट्रिय झण्डा बोकेर गीत गाएर भए पनि अभावलाई टार्ने प्रयास गर्दछौँ । यो कस्तो स्वाभिमान ? यसको जवाफ शारदा उच्च माविका पदाधिकारी र शिक्षकले दिन सक्छन् ? हो, भारतले विद्यालय बनाइदियो त्यो सकारात्मक कुरा हो । तर, विद्यालय बनाएको भरमा आफ्नो राष्ट्रियता र स्वाभिमान किन भारतीयको शरणमा पर्नुप¥यो ? हाम्रोे भाग्य र भविश्य लेख्ने जिम्मा पाएका सभासद् छिमेकी देशको उपसचिव स्तरको कर्मचारीलाई माला लगाएर स्वागत गर्न लाइन लागेर बस्छन् । हाम्रो देशको कुनै पूर्वप्रधानमन्त्री वा बहालवाला मन्त्रीलाई सुरक्षा दिन प्रहरी आवश्यक ठान्दैन । तर, अर्को देशको उपसचिव स्तरको कर्मचारीलाई स्कर्टिङ गर्छ । राष्ट्रियता पढाउने गुरु छिमेकी देशका झण्डा बोकर बालबालिकालाई घाममा उभ्याएर राख्छन् । आखिर पैसा रहेछ राष्ट्रियता र स्वाभिमान, यसले गर्दो रहेछ यसैको खरिद बिक्री पनि । होइन कसैले म कसैको गुणगान गाउँछु भन्न पाउँछ । तर, सार्वजनिक मह¤वको विषयमा यस्तो अधिकार कसैलाई पनि रहँदैन । नेपालका राष्ट्रपति वा प्रधानमन्त्री औपचारिक भारतको भ्रमणमा जाँदा कुनै वास्ता नगर्ने ? कहीँ कतै चर्चा नहुने तर भारतको एक जना उपसचिवले नेपाल हल्लाइदिने यो कस्तो दुर्भाग्य हो, भिमसेन थापा, पृथ्वीनारायण शाह, बलभद्र कुँवर र अमरसिह थापाजस्ता वीरहरुले जोडेको नेपालमा ? नेता त छँदै थिए तर नागरिकहरुसमेत यस्तो अवस्थामा पुग्दा, यो देशको स्वाधीनता जोगाइदिन, सम्मान जोगाइदिने कसले होला
Discussion about this post