द्रुतमार्गको लागि बजेटआएपछि स्थानीय उत्साहित

अन‌ि यो पनि

दिपेन्द्र जयसवाल,

बारा, जेष्ठ ३० । बाराको निजगढबाट राजधानी काठमाडौं जोड्ने द्रुत मार्ग निर्माण कार्य ३ वर्षभित्र पूरा गर्ने गरी सरकारले रकम विनियोजन गरेपछि सम्बन्धित तथा सरोकारवाला पक्षको यसतर्फ चासो बढेको छ। आर्थिक वर्ष २०७७/७८ को बजेटमा अर्थमन्त्री डा युवराज खतिवडाले द्रुत मार्गको लागि ८ अर्ब ९३ करोड रकम विनियोजन गरेका छन्। अढाई दशकदेखि चर्चामा रहेको यस द्रुत मार्गको केही कार्य अघि बढी रहेकै बेला सरकारले द्रुत मार्गका लागि सो रकम विनियोजन गरेको हो।

योजना विलम्ब भएपछि लामो समयदेखि निराश यहाँका स्थानीयमा उत्साह थपिएको निजगढ सार्वजनिक सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले बताए। लामो प्रतीक्षापछि शुरू भएको राष्ट्रिय गौरवको द्रुत मार्गको काम अब कुनै पनि बहानामा ढिला गर्न नहुने भन्दै सेनाले जिम्मेवारी लिएको काम समयमैं सम्पन्न हुनेमा आफू आशावादी रहेको निजगढकी महिला समाजसेवी सावित्री भारतीले बताइन्।

७ वर्षअघि सेनाले ट्र्याक खोलेको यस द्रुत मार्गका अधिकांश स्थानमा माटो कटिङ, फिलिड्ढो कार्य भइसकेको छ। लामो समय लडकाउन चले पनि सो मार्गमा निर्माण कार्य रोकिएको छैन। टनेल, पर्खाल लगाउनेलगायतका कार्यहरू भइरहेका छन्। पूर्व–पश्चिम राजमार्गको निजगढ मोहोरी, चुरे पहाड हुँदै मकवानपुर, ललितपुरको १० स्थानमा एस्काभेटर, डोजर, लोडर, ग्रेडर, रोलर, टिपरसहित सेनाका प्राविधिक टोलीले मार्ग निर्माण अघि बढाउँदै आएको छ। वर्षायाममा समेत काम सुचारु गर्न निजगढ बकैयाखोला मोहोरीमा बेली ब्रिजसमेत बनाइ काम अघि बढाइरहँदा सरकार र नेपाली सेनाको स्थानीयले खुलेर प्रशंसा गरेका छन्।

द्रुत मार्ग तोकिएकै समयसीमाभित्र सम्पन्न भई सुचारु भएमा सङ्घीय राजधानी काठमाडौंको तराईसँग सीधा सम्पर्कमा छिट्टै जोडिने र विकासलगायत आर्थिक, सामाजिक, सांस्कृतिक, व्यापारिक क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने हुँदा यसका लागि स्थानीय तहले पहलकदमी गर्नुपर्ने निजगढ नपाका प्रमुख सुरेशकुमार खलालले बताए ।

बाराको निजगढबाट ललितपुरको खोकनासम्मको दूरी ७२.५ किलोमिटर रहेको डिपिआरमा उल्लेख छ। सन् २०१५ मा भारतीय कम्पनी आइएलएफएसले डिपिआरको अस्वाभाविक मूल्य राखेपछि सेनाले डिपिआरविना नै काम गर्दै आएको छ। चार वर्षभित्र काम सक्ने गरी नेपाली सेनाले २०७४ वैशाखमा जिम्मेवारी पाएको हो।

पारित प्रतिवेदन अनुसार मार्गको अनुमानित निर्माण लागत करसहित १ खर्ब ७५ अर्ब १९ करोड ३५ लाख ७९ हजार रुपैयाँ रहेको जनाइएको छ। बजार मूल्य, बीमा, श्रमिकको मजदूरी र ६.४ किलोमिटरभा ३ वटा सुरुङ मार्ग बन्ने भएकाले ४३ अर्ब रुपैयाँ लागत बढेको हो। दु्रत मार्ग निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि इन्धन तथा सवारीसाधन मर्मतमा वार्षिक २५ अर्ब रुपैयाँ बचत हुने विज्ञहरूको दाबी छ। चार लेनको हुने सो मार्ग समथल भूभागमा २७ मिटर र पहाडी भूभागमा २५ मिटर चौडाइको हुने छ।

प्रतिकृया

मुख्य समाचार

चितवनमा कोरोना : ५४ जना थपिँदा १६८ जना सङ्क्रमणमुक्त

–तुलमान गुरूङ भरतपुर । चितवनमा बिहीबार एकैदिन १६८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार पछिल्लो २४...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया