माडीका ८ जनामा कोरोना पुष्टि

अन‌ि यो पनि

भरतपुर । माडी नगरपालिकाले भारतबाट उद्धार गरेर ल्याएका थप ८ जनामा कोरोना पुष्टि भएको छ । उद्धार गरेर माडी ५ को दिवाकर स्मृति विद्यालय रमाइलोडाँडा क्वारेन्टाइनमा राखिएका ८ जनामा शुक्रबार कोरोना देखिएको हो ।

भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा माडीका ८५ जनाको स्वाब परीक्षण गरिएकोमा ८ जनामा कोरोना पुष्टि भएको भरतपुर अस्पतालका प्रमुख मेसु श्रीराम तिवारीले जानकारी दिए ।

संक्रमण पुष्टि हुनेहरुमा ३४, २५, ४७, २७, २७, ५१, ४५ र १९ वर्षीय पुरुष रहेका छन् । यसअघि माडीका ६ जनामा कोरोना पुष्टि भएको थियो । यससँगै माडीमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ ।

त्यस्तै, भरतपुर अस्पतालबाट २९, क्यान्सर अस्पतालबाट २९, खैरहनी नगरपालिकाबाट ११, पुरानो मेडिकल कलेजबाट ८, चितवन मेडिकल कलेजबाट ८, देवघाट गाउँपालिकाबाट १५, राप्ती नगरपालिकाबाट १५ जना गरी जम्मा १८९ जनाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको भरतपुर अस्पतालले जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा उपचार गर्ने संक्रमित घट्दै, भेन्टिलेटरमा २१ सहित आइसियूमा ९९ उपचाररत

चितवन, ११ असार । चितवनका अस्पतालमा शुक्रबार २२२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया