बैरिया माविका सात जनाको रिपोर्ट नेगेटिभ

अन‌ि यो पनि

रत्ननगर । रत्ननगरको बैरिया माविको क्वारेन्टाइनमा बसेका ७ जनाको कोरोना रिपार्ट नेगेटिभ आएको छ ।

क्वारेन्टाइन स्थलमै स्वाब संकलन गरी भरतपुर कोरोना प्रयोगशालामा परीक्षणको क्रममा उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखाका सह संयोजक नरहरि श्याम शर्माले जानकारी दिए ।

भारतलगायत विभिन्न संक्रमित क्षेत्रबाट आएर क्वारेन्टाइनमा बसेकाहरुलाई रत्ननगरले १४ दिन राखेर कोरोना रिपार्ट नेगेटिभ आएपछि घर पठाउने गरिएको छ ।

चितवनमा कारोना संक्रमित फेला परेपछि रत्ननगरमा उच्च सर्तकता अपनाइएको मेयर नारायण वनले बताए ।

केही दिनअघि गरिएको परीक्षणका क्रममा रत्ननगरका १७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो । चितवनमा कोरोना संक्रमण देखिएको भए पनि रत्ननगर अहिलेसम्म जोखिमका हिसाबले सुरक्षित रहेको मेयर नारायण वनले बताए ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया