उठ्न खोजेको कि अझै लड्न ?

अन‌ि यो पनि

एउटा विश्वपुर गाउँमा एउटा सामान्य आर्थिक हैसियतको किसान रहेछ । ऊ सबैसँग दोस्तीको हात बढाउने, कसैसँग झैझगडा र दङ्गाफसाद नगर्ने बरू मिलेर बस्न चाहने शान्तिप्रिय पनि रहेछ । उसका पितापुर्खा भने लडाकु जोधाहा स्वभावका, कसैसँग नडग्ने, जत्रै ठूलो शत्रु भए पनि लड्न र भिड्नमा खप्पिस पनि उस्तै । जोधाहा वृषभभन्दा पनि महसुर । टाढा–टाढाका गाउँलेहरु पनि थर्कमान हुन्थे यस गाउँका जोधाहासँग । आज पनि उत्तिकै प्रशंसा गर्छन् उनीहरु । बाबुबराजुले उनीहरुका निम्ति अथाह जमिन जोडिदिएका त थिए, तर पछि महावृषभसँगको महायुद्ध हुँदा खुम्चिन बाध्य भएका थिए बाबुबराजुहरु पनि । त्यसपछि भने समय र परिस्थितिले बिस्तारै उसैका सन्तति बने अतिशान्तिप्रिय । तिनै शान्तिप्रिय किसानका दुवैतिरका छिमेकी भने सारै धनी साहू–सामन्त रहेछन् । जात, धर्म, संस्कार, संस्कृति त मिल्ने भए पनि डाहाडे, मिचाहा र ब्वाँसोका स्वभावसँग ठ्याक्कै मिल्ने प्रवृत्ति रहेछ तिनको । मित्र भन्ने मित्रको नाउँमा हलाल गर्न नछाड्ने स्वभाव बुझेर पनि तिनैको चाकरी गर्दा रहेछन् गरिबका छोराहरु सधैँ । धेरै भाइहरुमध्ये कहिले कुनलाई उचाल्यो कहिले कुनलाई उचाल्यो र अर्कोलाई पछा¥यो गरी गरी बिचरा गरिब किसानका घरमा अशान्ति र विद्रोहको राँको झोसिरहँदा रैछन् तिनी ।
उनीहरु लडेको मौका छोप्ने र त्यही बेला जग्गा मिच्ने, आन्तरिक घरेलु मामिलामा समेत हस्तक्षेप गर्ने कुराले घरका टाठाबाठा छोरालाई रमाइलो लागेकै थियो होला ! तर, तलका छोरीबुहारी भाइभतिज र साना नानी केटाकेटीलाई मन पर्दैनथ्यो । बेलाबेलामा चित्त दुखाउँथे । जसले चित्त दुखाउँथे तिनैमाथि जाइलाग्थ्यो छिमेकी सामन्त ।

उता, अर्को छिमेकी पनि थियो त्यस्तै ठूलो सामन्त । एउटाले दिनदिनै लुटिरहेको राल काढेर हेरिरहेथ्यो ऊ । चुप लागेको देखेर गरिबका छोराछोरी योचाहिँ अलिक सद्दे छ कि भनेर दुःख र गुनासो सुनाउँथे । ऊ धूर्त स्यालझैँ मुसुमुसु हाँस्थ्यो र मौका छोपिरहेको थियो । कहिले अर्को सामन्तले छाड्ला र बाँकी हाडखोर चपाऊँला भन्ने दाउमै थियो । धेरै खाँदाखाँदै उसैको सिमानानेर पुगेपछिचाहिँ ल यतिचाहिँ तँ र म मिलेर खाऔँ के भनेको थियो ¥याल काढेर उसैसँग टाँस्सी हाल्यो र छेउको टुँडो भाग आखिर निलेरै सक्ने स्थिति बल्ल थाहा पाए टाठाबाठाले पनि ।

बिचरा ! विरोध त गरेछन् । तर, के टेथ्र्यो र जङ्गी ब्वाँसो र स्यालले गाईको आवाज । आप्mनै जग्गालाई आप्mनो माटो भन्दै नक्कली नक्सा पास गराएछ धूर्त सामन्तले । यसको पनि सबैले गरेछन् विरोध । तर, यी यस्तै हुन् बर्खाका भ्यागुता । एकछिन कराउँछन्, थाक्छन् र हराउँछन् बर्खा सिद्धिएपछि भन्ने ठानिरह्यो र अझै ठान्दै छ रे । उसका भाइभारदार र चौँथो अङ्ग भनाउँदो त झन् नाङ्गै बुर्कुसी मारिरहेछ र सपनामा पनि त्यो जमिन त हाम्रै हो भनेर । झन् दुःख र अत्यासको महामारीमा रूमल्लिएकै मौका छोपेर ठूलै बाटो बनाउने देखेपछि बल्ल झल्याँस्स भएछन् टाठाबाठाहरु पनि । श्रीमती, छोराछोरी, बाबुआमा आदि इत्यादिको थर्काइ र धम्क्याइपछि बल्ल । सल्लाह र छलफलका लागि जतिपटक ताकेता गर्न खोजे पनि धनी सामन्तले टेरपुच्छर नलगाएपछि आप्mनो साँध–सिमाना खोज्न थालेछ किसानले पनि । तर, दुइटै छिमेकी सामन्त तैँ चुप मै चुप गरिरहेको स्थिति भने अत्यन्त उदेकलाग्दो लागिरहेछ लालाबालाहरुलाई ।

छोराछोरीहरु त भन्छन्– लडौँ, भिडौँ, मुद्दा हालौँ आदि इत्यादि । तर, गरिब किसान अन्योलमा पर्छन् । उनले पनि कहाँ कसलाई भनून्, सबै धनीकै सुन्छन् । सबै स्वार्थमै चल्छन् । न्याय र इमानदारिता भन्ने रहेन कतै । सम्झन्छन् सबै गाउँको कुरा सुन्ने र न्याय दिने भद्रभलादमी बस्ने निकाय छ रे ! तर, छरछिमेकीमाथि के उजुरी गर्नु ? बस्नु तिनैसँग छ, व्यवहार गर्नु पनि तिनैसँग छ । कसरी तिनैमाथि मुद्दा हाल्नु भनेर बिचरा किसान द्विविधामै छन् । छिमेकीको मामिला पनि घरकै मामिला हो । हामी आफैँ बसेर सल्ट्याउनुपर्छ भन्ने लाग्छ उनलाई । छलफल गर्न कर गर्छन् तर तयार हुँदैनन् छिमेकी । निस्सा प्रमाण भए पो बसून्, छैन आधार प्रमाण ।

बल मिच्याइँको हुँदैन पनि त्यस्तो केही ठोस आधार प्रमाण । ऊ त बल र छलले गधालाई गाई र गाईलाई गधा बनाउनमै लित्ती कसिरहेकै हुन्छ । केही पनि नचलेपछि बिचरा किसानले पनि सबै घरका साना–ठूला सबैलाई डाकेर गरेछन् छलफल र बनाएछन् एउटै आवाज । नीति बनेछ शठे शाठ्यं समाचरेत् र निकालेछन् आप्mनो जमिनको असली नक्सा । यो देखेपछि छिमेकी आत्तिएछ र मुठ्ठी बजार्दै भनेछ, यिनीहरुलाई कसले उकास्यो ? सरल जवाफ दिएछन् किसानका सन्ततिले– आफ्नो जमिनको नक्सा निकाल्न र अर्काको जग्गा हडप्नेलाई ठाउँ खाली गरेर जाओ भन्न उकासिरहनुपर्दैन । किसानलाई पनि झोंक चलेछ । कति सहने ? उहिले त मरोस्, खाओस् भनेर महाकाली दिएकै थिएँ । अति नै ग¥यो भन्ने लागेछ क्यारे भन्दिए, सत्यमेव जयते कि सिंहमेव जयते ? तर, उताका बोलीमा सत्यमेव जयते व्यवहारमा सधैँ सिंहमेव जयते भन्ने बूढा बोलेनछन् । अरुलाई नै अघिसारेछन् । उनका भरियाले भनेछन्– विश्वासको वातावरण बनाऊ, वार्ता गरौँला । किसान बूढाले पनि सबै भाइहरु एकै ठाउँमा उभिएको देखाउन साझा पत्रमै भोट खसाल्ने मेसो मिलाउन थालेछन् । यो देखेर छिमेकी धूर्त झन् रनभुल्लमा परेछ ।

हो, अहिले नेपालको अवस्था पनि त्यही करिब किसान र तिनका सन्ततिले भोगिरहेको सास्ती र हैरानीजस्तै छ । मुलुक दशकौँदेखि दक्षिणी छिमेकीको गुन्डाराज भोग्न विवश छ । उत्तरी छिमेकी पनि स्यालझैँ झर्ला र खाऊँलाकै ध्याउन्नमा छ । नबोली छुरा धस्ने उसको शैली पनि नेपालको हितअनुकूल छैन । आपूmले हड्पेको तिब्बती भूमि जोगाउनकै लागिमात्र मौन बसेको छ ऊ । नत्र, लोभ र प्रपञ्च देखाउन खप्पिस छ ऊ पनि । लिपुलेक, लिम्पियाधुराहरु नेपालको भूमि भन्ने जान्दाजान्दै पनि आप्mनो स्वार्थकै लागि उपयोग गर्ने रणनीति यो तथ्य सिद्ध गर्दछ । चाहिए भाडामा लिनू, सट्टामा अरु नै मह¤वपूर्ण भूमि दिएर चित्त बुझाएर लिनू, सित्तैमा लिन चाहेको भए मागेर लिनू तर छलछाम र गलतलाई साथ दिएर लिनू पनि गलत र बेइमानी नै हो उसको । यसले उसको नियत ठीक छैन भन्ने तथ्य स्पष्ट गर्दछ ।

हामीलाई कसैको सुरक्षा छाता चाहिएको छैन । तर, हामी उसको सुरक्षा छाताभित्र छौँ रे । दक्षिणी भन्छ, ‘ऊ हाम्रो सुरक्षा छाताको मान्छे हो’, उत्तर भन्छ, ‘ऊ हाम्रो सुरक्षा छाताभित्रको मान्छे हो’ सात समुद्रपारिको गाउँले मुखिया पनि भन्छ, ‘होइन, ऊ त हाम्रो सुरक्षा छाताभित्रको मान्छे हो ।’ दक्षिण बाटोघाटोको लोभ देखाउँछ, आफ्नो पकेटभित्र रहन दबाब दिन्छ । अर्को बिआरआइभित्र रहेर लाभ लिने प्रलोभन देखाई गोजीमा बस्न बाध्य पार्न खोज्छ । अर्को एमसिसीको लोभ देखाउँछ र आप्mनो मुठ्ठीमा कसेर राख्न जोडजुलुम गर्छ ।
हाम्रो नेतृत्व पनि लुच्चा र कमिना छ । एउटा दुइटा उद्योग र प्रतिष्ठानबाहेक अर्काले दिएर भएको केचाहिँ छ यहाँ ? र, कसैसँग लोभ र लालचले याचना गर्ने ? केही त्यस्ता कार्य नहुँदा त यहाँ एउटा नेपालीका टाउकामा जन्मनासाथ राष्ट्रिय ऋणको भार थोपरिन्छ भने त्यसरी ऋणमा ल्याइएका डलरको खेती कहाँ गरिएको छ ? अब हामीले आजसम्मका नेतृत्वसँग खोज्नुपर्छ ।

त्यसै त, राष्ट्रिय सार्वभौमिकता र अखण्डतामाथि कालो बादल मडारिरहेको घडी छ । बिनास्वार्थ कुनै व्यक्तिले सहयोग गर्दैनन्, त्यसमा पनि अमेरिका, भारत चीनजस्ता देशहरुबाट सहयोगको याचना गर्नु भनेको देखादेखी आप्mनै छोरीचेलीको अस्तित्व लुटाउनुजस्तै हो । हो, हड्पिएको भूमि पुनः प्राप्त गर्न भएको राष्ट्रिय एकता सराहनीय छ र हड्पिएको भूमिसहितको नक्सायुक्त निशान छापका लागि संविधान संशोधनमा भएको एकमतलाई स्यालुट मार्नुपर्छ । यसले हामी उठ्न खोजिरहेको सिद्ध गर्छ, तर सँगसँगै एमसिसी, बिआरआईजस्ता परियोजनाहरुको लोभमा राष्ट्रिय स्वाभिमान र सार्वभौमिकता कुण्ठित तुल्याउने कार्य पक्कै पनि श्लाघनीय छैन । यसले पुनः रसातलमै पु¥याउने छ, हाम्रो स्वाभिमानलाई । धेरैपटक हण्डर र ठक्कर खाएर पनि नचेतेको हाम्रो नेतृत्व भविष्यका सन्ततिका निम्ति दुर्भाग्यका कारक नबनून् । बेलैमा विचार पु¥याऊन् । अन्तिममा जहाँ लाभ हुन्छ त्यहाँ खती र हानिकारक तत्त्व पनि सँगै टाँस्सिएर आएको हुन्छ । चेतना भया !

[email protected]

प्रतिकृया

मुख्य समाचार

रत्ननगर र कालिकाका सुकुम्बासीलाई गैरसरकारी संस्थाको राहत

चितवन ०८ असार । अ ड्रप अफ लाइफ हङकङले कम्युनिटि रिसोर्स सेन्टर नेपाल (सिआरसिएन)को समन्वय र नेवाज मल्टिप्रपोज सोसाइटीको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया