रत्ननगरमा एफएम रेडियोमार्फत पढाइ

अन‌ि यो पनि

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा रेडियोबाट पठनपाठनको नयाँ अभ्यास सुरू गरिने भएको छ ।

कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनका कारण विद्यालय खोल्ने अवस्था नरहेपछि रत्ननगर नगरपालिकाले नगरभित्रका विद्यार्थीहरुलाई स्थानीय एफएम रेडियोहरुका माध्यमबाट पठनपाठन गराउने तयारी गरेको शिक्षा समितिका संयोजक तथा रत्ननगरका मेयर नारायण वनले जानकारी दिए ।

आआफ्नै घरमा रहेका विद्यार्थीहरुलाई तोकिएको समयमा विषयगत शिक्षकले रेडियोबाटै कक्षा सञ्चालन गर्नेछन् । शिक्षकले रेडियोबाटै भनेका कुरा विद्यार्थीले सुन्ने र शिक्षकहरुले दिएको गृहकार्य विद्यार्थीहरुले अन्य समयमा गर्ने गरी रेडियो कक्षा सुरू गर्न लागिएको मेयर वनले बताए ।

रेडियो कक्षामा सामुदायिक तथा संस्थागत दुवै विद्यालयका विद्यार्थीहरुलाई समावेश गरिने छ । नेपालमा लकडाउन सुरू भएपछि अनलाइन कक्षा सुरू गरिएको छ । जुम एप्समार्फत पढाउने सो विधि पनि त्यति प्रभावकारी देखिएको छैन ।

आर्थिक अवस्था कमजोर भएका समुदायका विद्यार्थीहरुको पहुँच अनलाइन कक्षामा नभएपछि अनलाइन कक्षाको प्रभावकारिता बढ्न नसकेको हो ।

‘अनलाइन कक्षाका लागि मोबाइल र घरमा इन्टरनेट जोड्न नसक्ने समुदायका विद्यार्थीहरुले साढे २०० रूपैयाँमा एउटा रेडियो किन्न सक्ने अवस्था भने रहन्छ’, मेयर वनले भने, रेडियो कक्षा सञ्चालन गर्दा कमजोर आर्थिक अवस्थाका विद्यार्थीहरुले पनि पढ्न पाउनेछन् ।’

सो नगरपालिकाको शिक्षा शाखा र शिक्षा समितिले रेडियो कक्षाका लागि तयारी सुरू गरेको छ । पहिलो चरणमा रेडियोका सञ्चालक र विद्यालयका प्रधानाध्यापकहरुसँग सो विषयमा छलफल भएको उपमेयर विमला दुवाडीले बताइन् ।

योजनाअनुसार नै काम अगाडि बढे एक हप्ताभित्र नगरभित्र रेडियो कक्षा सुरू हुने नगरपालिकाले जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया