माडीमा सघन उपचारकक्ष निर्माण हुने

अन‌ि यो पनि

माडी । माडी नगरपालिकास्थित बघौडा अस्पतालमा भेन्टिलेटरसहितको दुई श्ययाको सघन उपचारकक्ष निर्माण गरिने भएको छ । नगरस्तरीय कोरोना रोकथाम समन्वय समितिको बुधबार सम्पन्न बैठकले सो निर्णय गरेको हो ।

नगरपालिकाका सूचना अधिकारी प्रवीण भण्डारीका अनुसार अस्पतालमा आइसोलेसन निर्माणको काम तत्काल सुरू गर्ने र सघन उपचारकक्षका लागि प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो ।

नगरपालिका प्रमुख ठाकुर ढकालका अनुसार अस्पतालमा ३० श्ययाको आइसोलेसन वार्ड तयार गरिनेछ । माडी नगरपालिकाको सोमेश्वर माविमा रहेको क्वारेन्टाइनमा बस्ने छ जनालाई कोरोना भाइरस सङ्क्रमण देखिएलगत्तै समितिले यस्तो निर्णय गरेको हो ।

सघन उपचारकक्षसहितको आइसोलेसन वार्ड बनाउने भरतपुर महानगरपछिको दोस्रो स्थानीय तह भएको उनले जानकारी दिए । यस विषयमा जिल्लामा रहेका अस्पतालसँग समन्वय गर्ने प्रक्रिया सुरू भइसकेको ढकालको भनाइ छ ।

प्रतिकृया

मुख्य समाचार

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने चेतावनी

टोकियो ११ असार । जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दाबी गरिएको छ। स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया