वडा कार्यालय भवन निर्माण

अन‌ि यो पनि

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–७ सिमलढापमा वडा कार्यालय भवनको निर्माण कार्य सुरू भएको छ ।

गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरूङ, उपाध्यक्ष कृतिकुमार श्रेष्ठ र वडाध्यक्ष बमबहादुर मगरले संयुक्तरुपमा बुधबार सो भवनको शिलान्यास गरेका हुन् ।

सो अवसरमा गाउँपालिका अध्यक्ष गुरूङले बाँकी वडा कार्यालयको भवन निर्माण पनि तत्काल सुरू गर्ने उल्लेख गर्दै वडाहरुको केन्द्र टुङ्गो लाग्न ढिलाइ हुँदा कार्यालय भवन निर्माण गर्न नसकिएको बताइन् ।

जिल्ला समन्वय समिति चितवनको रू ३० लाख र गाउँपालिकाको रू ७० लाख गरी रू एक करोड लागतमा सो भवनको निर्माण कार्य हुँदैछ । भवन निर्माणको काम जोगिमारा कन्स्ट्रक्सनले जिम्मा पाएको छ ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया