ADVERTISEMENT
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

फुजेल काण्डको बहस सुरु

by चितवन पोष्ट
२०७१ बैशाख ४, बिहीबार ०५:१६ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

दिपेन्द्र अधिकारी
भरतपुर । कृष्णप्रसाद अधिकारीको हत्या प्रकरणका अभियुक्तसँग अदालतले बुधबार बयान सकेपछि तत्कालै बहस सुरु भएको छ । दिउँसो २ बजेबाट सुरु भएको बहस बेलुकीसम्म चलेको थियो । बहसमा जाहेरवाला र प्रतिवादीको तर्फबाट ३ दर्जन बढी अधिवक्ताले भाग लिएका छन् । तीन दिनसम्म बहसले समय लिने देखिन्छ ।
चितवनलगायत काठमाडौँ, हेटौंडा र परासीका ३८ जना कानुन व्यवसायीले अभियुक्तको पक्षबाट थुनछेक आदेशको बहसमा सहभागी हुन नाम दर्ता गराएका छन् । काठमाडौंबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ, नेपाल बार एसोसिएसनका पूर्वमहासचिव रमनकुमार श्रेष्ठलगायतका अधिवक्ता चितवन आएका छन् । उजुरीकर्ताको तर्फबाट सरकारी वकिल एकनारायण लम्सालले बहस गर्ने छन् ।
धेरै अधिवक्ताले बहस गर्ने भएपछि चितवन जिल्ला अदालतका न्यायाधीश विनोदमोहन आचार्यले अग्रज अधिवक्तालाई बहस गर्नेको संख्या कम गर्न आग्रह गर्नुभएको थियो । अदालतमा अन्य मुद्दा पनि भएकाले समयमा पाबन्दी ख्याल गर्न उहाँले आग्रह गर्नुभयो ।
३८ जना अधिवक्ता, अभियुक्तका आफन्त र पत्रकारको उपस्थितिका कारण इजलास खचाखच भएको थियो । यति धेरै संख्यामा वकालत नामा गराउने अधिवक्ता भएपनि पहिलो घटना नभएको अदालतका नासु जयनारायण आचार्यले बताउनुभयो ।
बयानका क्रममा अभियुक्त छविलालले पोलिग्राफ मेशिन प्रयोगबारे आफूलाई प्रस्ट जानकारी नदिएकाले आफू परीक्षण गर्न तयार नभएको बताउनुभएको छ । गत आइतबार हत्या अभियोगमा १३ जनाविरूद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । अभियुक्तहरु छविलाल पौडेल र भीमसेन पौडेलको बयान दिउँसो १ बजेमात्र सकिएको थियो । बयान र बहसका क्रममा अभियुक्तको आफन्तको बाक्लो उपस्थिति रहेको थियो ।
बुधबार दिउँसो बयान जारी रहँदा अभियुक्त पक्षले जिल्ला प्रशासनमा धर्ना दिनुका साथै अदालत परिसरमा नाराबाजी गरेका थिए । सामान्यत अदालतमा मुद्दा दर्ता भएपनि त्यस मुद्दाको छिनाफानो नलागेसम्म मुद्दाको विषयमा टिकाटिप्पणी, अभिव्यक्ति केही पनि दिन पाइँदैन । त्यसो भएमा अदालतको अवहेलना गरेको ठहर्छ ।
कृष्णप्रसादलाई माओवादीले चितवन बकुलहर चोकमा गोली हानेर हत्या गरेको थियो । विसं. २०६१ साल जेठ २४ मा अधिकारीको हत्या भएको थियो । सो हत्या प्रकरणविरूद्ध कृष्णका आफन्तले घटना भएलगत्तै र घटनाको १८ महिनापछि गरेर प्रहरीमा दुई पटक उजुरी दिएका थिए ।

Related Posts

लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

मछेडीखोलामा बस ठोक्किँदा १० जना घाइते

मछेडीखोलामा बस ठोक्किँदा १० जना घाइते

Discussion about this post

अन‌ि यो पनि

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछ : स्वास्थ्यमन्त्री
स्वास्थ्य

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछ : स्वास्थ्यमन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्त्वपूर्ण...

Read more
लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

सिङ भाँचिएका तिल्के गोरुहरुले धेरै धाक नलगाए हुन्छ : प्रधानमन्त्री (भिडियोसहित)

चन्द समूहको समस्या वार्ताद्वारा छिट्टै समाधान गर्छौं : प्रधानमन्त्री ओली

कामना सेवा विकास बैंकको डस्टविन वितरण

कामना सेवा विकास बैंकको डस्टविन वितरण

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In