कोरोना नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन सुझाव

अन‌ि यो पनि

चितवन । चितवनमा कोरोना भाइरस नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन चितवनले सुझाव दिएको छ । ट्रेड युनियनले बिहिबार प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई सात बुँदे सुझाव पत्र पेश गरेको छ ।
रोग नियन्त्रणलाई प्रभावकारी बनाउन जिल्लाका सबै अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुको टिम बनाउनुपर्ने र उनीहरुको सुरक्षा र सुविधालाई ध्यान दिँदै कार्यस्थलमा काम गर्न सक्ने वातावरण बनाउनुपर्ने ट्रेड युनियनका अध्यक्ष हरीहर तिवारीले बताए । कोरोना रोकथाम तथा उपचारका लागि कोरोना अस्थायी अस्पताल र भरतपुर अस्पताल लगायतबाट भएको प्रयास पर्याप्त नभएको एवम् थप सावधानी नअपनाए समस्या अझै विकराल हुने अवस्थातर्फ ट्रेड युनियनको गम्भिर ध्यानाकर्षण भएको उनले वताए ।
त्यस्तै, क्वारेन्टाइनहरुलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार व्यवस्थित गर्नुपर्ने उनको भनाइ छ । ‘अस्पतालहरुमा डाइटिसियनहरुको व्यवस्था गरी पोषणयुक्त आहारको पनि व्यवस्था गर्न सुझाव दिएका छौँ’, उनले भने, ‘भरतपुर अस्पतालमा आउने कोरोना बाहेकका विरामी र आफन्तहरुमा हुने जोखिमबारे विशेष सावधानी अपनाउनुपर्ने हाम्रो ठहर छ ।’
कोरोना अस्थायी अस्पतालको भौतिक पूर्वाधार तथा सुविधाहरु विश्व स्वास्थ्य संगठनले दिने मान्यता अनुसारको नभएको उनले वताए । कोरोना संक्रमितको उपचार सेवामा खेटिने सबै कर्मचारीहरुको स्वास्थ्य परिक्षण आरडिटि र पिसिआर हुनुपर्ने उनको भनाइ छ ।

प्रतिकृया

मुख्य समाचार

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

देउखुरी । घोराहीमा बञ्चरो प्रहार गरी श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया