ससुराली जाँदा क्वारेन्टाइनको बास

अन‌ि यो पनि

धादिङ । धादिङका २० वर्षीय युवक भारत काममा गएका थिए । केही दिनअघि काँकडभिट्टा नाकाबाट उनी चितवन आए ।

धादिङ घर भई चितवन जुटपानी ससुराली रहेका उनी त्यहाँ आइपुगेपछि जेठ १६ गते क्वारेन्टाइनमा बसे । श्रीमती पनि माइततिरै रहेकाले उनी घर नगई ससुराली आएका हुन् ।

क्वारेन्टाइनमा बसेकै अवस्थामा जेठ २५ गते पिसिआर परीक्षण गर्दा पोजेटिभ भेटियो । पोजेटिभ भेटिएलगत्तै उनलाई थप उपचारका लागि भरतपुरस्थित कोरोना अस्पतालमा पठाइएको जुटपानी होम क्वारेन्टाइनका संयोजक सुदर्शन अधिकारीले बताए । उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।

क्वारेन्टाइन व्यवस्थापन राम्रो भएकाले एक संक्रमितबाट अर्कोमा सर्ने अवस्था नरहेको संयोजक अधिकारी बताउँछन् । जेठ २५ गते १३ जनाको पिसिआर जाँच गर्दा १० जनाको नेगेटिभ आएको छ ।

उनीहरुलाई बुधबार नै घरमा क्वारेन्टाइन बस्ने गरी पठाइएको संयोजक सुदर्शन अधिकारीले बताए । तर, रेडक्रसग्रामको ३ जनामध्ये २ नेगेटिभ र १ पोजेटिभ आएको हो ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया