चीनबाट आयो महानगरलाई स्वास्थ्य सामग्री

अन‌ि यो पनि

भरतपुर । कोरोना भाइरसविरूद्ध लड्न भरतपुर महानगरपालिकालाई चीनबाट स्वास्थ्य सामग्री प्राप्त भएको छ । चीनको गुर्मु सिटीले महानगरलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

चीनको गुर्मु सिटीले भरतपुर महानगरपालिकालाई ११ लाख रूपैयाँबराबरको सर्जिकल मास्क १० हजार थान, एन–९५ मास्क ९६० थान, पिपिई १२० थान र थर्मल गन १२० थानलगायतका सामग्रीहरु भरतपुर महानगरपालिकालाई प्रदान गरेको हो ।

भरतपुर महानगरपालिका र चीनको गुर्मु सिटीबीच भगिनी सम्बन्ध कायम छ । दुई नगरबीच दुई पक्षीय सहयोग आदानप्रदान भइरहेको र आगामी दिनमा अझ बढी हुने महानगरले जनाएको छ । प्राप्त स्वास्थ्य सामग्रीलाई महानगर प्रमुख रेनु दाहालले जिन्सी शाखालाई प्रदान गरेकी थिइन् ।

स्वास्थ्य सामग्री भरतपुर महानगरपालिकाका प्रतिनिधि मण्डललाई गुर्मु सिटीका प्रतिनिधिहरुले नेपाल–चीन सिमाना तातोपानीको मितेरी पुलमा प्रदान गरेको थियो ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया