धारिलो हतियार प्रयोग गरी वृद्धाको हत्या

अन‌ि यो पनि

हेटौँडा । मकवानपुरगढी गाउँपालिकामा एक वृद्धाको बुधबार राति हत्या भएको छ । मकवानपुरगढी १ फूलबारीमा ७२ वर्षीया कान्छीमाया भोम्जनको हत्या भएको हो ।

टाउकोमा धारिलो हतियार प्रयोग भएको उनको शव घरमै रहेको छ । हत्या के कारण र कसले गर्‍यो खुलेको छैन । घटनाको जानकारी पाएलगत्तै प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाको टोली पुगेको छ । प्रहरी टोलीले अनुसन्धान अघि बढाएको उनको भनाइ छ ।

घटनामा संलग्नताको आशंकामा एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया