संक्रमित नर्स प्रहरीकोमा बसेको खुलासा

अन‌ि यो पनि

भरतपुर । सबैजना सकेसम्म सुरक्षित नै रहने प्रयासमा छन् । तर, विभिन्न सावधानीका बाबजुद पनि कोरोना संक्रमितसँग नजिक भएको भन्ने विषयले कसको मनमा चस्का नपस्ला र ! चितवनमा गत शनिबार एउटा यस्तै घटना भयो, जुन घटनाले जिल्ला प्रहरी कार्यालयमा हङ्गामा नै भयो ।

कोरोना संक्रमित भनिएकी युवती शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय चितवनमा आइन् । सासू र नन्दसहित आएकी भरतपुर–४ की ती नर्सले ३ घन्टा प्रहरीको महिला सेलमा बिताइन् । महिला सेलका प्रहरीका अनुसार त्यसदिन त्यहाँ भीड नै थियो ।

काठमाडौँ जाने प्रयोजनका लागि पिसिआर रिपोर्ट लिन कोरोना भए÷नभएको जाँच गर्ने क्रममा सोमबारमात्रै उनलाई कोरोना भएको पुष्टि भयो । त्यसको २ दिनअघिमात्रै उनले स्वाब दिएकी थिइन् । तिनै महिलाको संक्रमण पुष्टि भएको खबर प्रहरीले पायो ।

शनिबार प्रहरी कार्यालयमा आई ३ घन्टा समय बिताएको, कलम–कापी छोएको जस्तो घटनाले महिला सेलमा निकै हङ्गामा भयो ।

मानसिकरुपमा प्रहरी कर्मचारीहरु त्रसित बने । वडा प्रहरी कार्यालयका निरीक्षक, जिल्ला ट्राफिक प्रहरी कार्यालयका निरीक्षक र महिला सेलमा कार्यरत प्रहरी निरीक्षकसहित अन्य प्रहरीहरुको उक्त महिलासँग सामीप्यता रहेको पाइएको छ । सेवाग्राहीमा संक्रमण फेला परेपछि आफूहरु झस्किएको एक प्रहरी अधिकृतले बताए ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा उपचार गर्ने संक्रमित घट्दै, भेन्टिलेटरमा २१ सहित आइसियूमा ९९ उपचाररत

चितवन, ११ असार । चितवनका अस्पतालमा शुक्रबार २२२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया