भारतबाट फर्कदै गर्दा बाटोमै निधन

अन‌ि यो पनि

नवलपरासी । भारतबाट घर फर्कनका लागि आएका पश्चिम नवलपरासीको सुस्ताका एक युवकको सुनौली नाकामा मृत्यु भएको छ ।

मुम्बईबाट मजदुरी गरी घर आउँदै गरेका सुस्ता गाउँपालिका (साविकको कुडिया गाविस–७) का ३५ वर्षका पुरूषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीनदिनअघि भारतको मुम्बईबाट पाल्पाका तीन जना साथीसहित बसमा आएका उनी मंगलबार बिहान ४ बजेतिर सुनौली आइपुगेका थिए । बेलहिया प्रहरी चौकीका प्रहरी निरीक्षक ईश्वरी अधिकारीका अनुसार सुनौली बजारमा बसेका उनले बिहान एक्कासि वान्ता गरेका थिए । वान्ता गरेपछि उनको मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए ।

उनको शव भारतमै रहेको र स्वाब संकलन गरी भारत सरकारले नै पिसिआर परीक्षण गर्न थालेको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । पाण्डेका अनुसार उनको रिपोर्टमा कोरोना संक्रमण देखिए उतै दाहसंस्कार गर्ने र नेगेटिभ आएमात्र घर पठाउने भारतले जनाएको छ ।

उनीसँगै आएका पाल्पाका दुई जना भने पाल्पातिर गइसकेको जानकारी पाएको अध्यक्ष पाण्डेले बताए । सुस्ता गाउँपालिकामा अहिलेसम्म २१ जना कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया