नारायणगढ । केएल मलको छैटौँ तलामा सि–म्याक्स सिनेमा संचालनमा आएको छ । कार्यक्रमका प्रमुख अतिथि नायक शिव श्रेष्ठले सिनेमा हलको उद्घाटन गर्नुभयो । दर्शकहरुलाई व्यापक मनोरञ्जन दिने लक्ष्यसहित अत्याधुनिक प्रविधि रहेको सिनेमा हलको बुधबार औपचारिक उद्घाटन भयो । कार्यक्रममा फिल्म निर्माता अशोक शर्मा, नायिका निशा अधिकारी, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष कल्याण जोशी, वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधान, संचालक सुशीलकुमार जोशी, दीपक महर्जन, केदार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
सि–म्याक्सको दर्शक क्षमता १७० रहेको छ । ७.१ भर्सनको सो हललाई थ्रीडी भर्सनमा पनि रुपान्तरण गर्न सकिने गरी निर्माण गरिएको हलका व्यवस्थापक गोविन्द रौनियारले बताउनुभयो ।
मलमा सपिङ गर्न आउने ग्राहकसमेतलाई मध्येनजर गरी हरेक दिन चारदेखि पाँच शोसम्म प्रदर्शन गरिने बताइएको छ । हरेक विहानको शो भने सबैका लागि ५० प्रतिशत छुट दिइने भएको छ ।
Discussion about this post