भरतपुर । भरतपुर नगरपालिकाले विद्युतय उपकरणवाट हाजिरी प्रणाली सुरु गरेको छ । बुधबारबाटै सुरु भएको यो प्रणालीको नगरपालिकाका कार्यकारी अधिकृत नारायणप्रसाद सापकोटाले आफै हाजिर गरेर शुभारम्भ गराएका थिए ।
चितवनमा विद्युतीय मेसिनबाट हाजिरी गर्ने भरतपुर नगरपालिका दोस्रो कार्यालय हो । यसअघि जिल्ला प्रशासन कार्यालयले पनि यो प्रणाली अवलम्वन गरिसकेको छ । गत चैत ७ गते बसेको कार्यालय प्रमुखहरुको वैठकले चितवनका सरकारी कार्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गर्ने निर्णय गरेको थियो । अन्य कार्यालयहरुले भने अहिलेसम्म यो मेसिन जडान गरेका छैनन् ।
Discussion about this post