नवलपरासीमा लागु औषध सहित दुई जना पक्राउ

अन‌ि यो पनि

परासी । पश्चिम नवलपरासीमा प्रहरीले दुई जनालाई लागु औषध सहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक राजु लामाका अनुसार पाल्हीनन्दन गाउँपालिका–२ मडेराबाट लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको हो ।

रामग्राम नगरपालिका–७ उजैनी निवासी ४१ बर्षीय चन्द्रिया राठौर र २१ बर्षीय अजय राठौरलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय अमानीगंजको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको लु १३ प ४३६५ मोटर साइकल रोकी जाँच गर्ने क्रममा उनीहरुलाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको हो ।

पक्राउ परेकाबाट प्रहरीले फेनारगन २३८ एम्पुल, डाइजापाम १५८ एम्पुल, नुफिन १९ एम्पुल गरी पाँच सय ९२ एम्पुल लागुऔषध बरामद गरेको हो । उनीहरु लागुऔषध वेचविखनमा सम्लग्न रहेको आशंकामा प्रहरीले यस अघिदेखि नै निगरानीमा राखेको थियो ।

प्रतिकृया

मुख्य समाचार

रोटरीद्वारा बाढी पहिरो पीडितलाई खाद्यान्न तथा भाँडावर्तन सहयोग

चितवन ११ असार । चितवन रोटरी क्लबले लमजुङका बाढी पहिरो पीडि़तलाई खाद्यान्न र भाँडावर्तन सहयोग गरेको छ। क्लबले गत...

धेरै पढिएको

परनिर्भरताको दलदल !

अन्य समाचार

प्रतिकृया