नारायणी सामुदायिकलाई सोधियो स्पष्टिकरण

अन‌ि यो पनि

भरतपुर । स्वास्थ्य अवस्था गम्भिर भएका कोरोना संक्रमित विरामीलाई भरतपुर अस्पतालमा सारिएको विषयमा जिल्ला प्रशासन कार्यालय चितवनले नारायणी सामुदायिक अस्पताललाई स्पष्टिकरण सोधेको छ । संक्रमितलाई अर्काे अस्पतालमा सार्दा स्थानिय प्रशासनसँग सामान्य समन्वय र अनुमती पनि नलिइएको बिषयमा नारायणी सामुदायिकलाई मंगलबार नै स्पष्टिकरण सोधिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले जानकारी दिए ।

सोमबार साँझ भरतपुर अस्पतालमा सारिएका भरतपुर ११ का ६८ बर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको थियो । सामान्य सहमती र जानकारी गराउनुपर्ने भएपनि त्यसो नगरिएकाले स्पष्टिकरण सोधिएको उनले वताए । ‘विरामीलाई भरतपुर अस्पतालमा ल्याउँदै गर्दा सहमती गर्नुपर्ने थियो या थिएन, प्रशासनसँग सामान्य समन्वय गर्नुपर्ने विषय हो वा होइन । विरामीहरुको उपचारमा कस्ता उपाय अपनाउनुभएको छ, स्वास्थ्यकर्मीको सुरुक्षा लगायतका विषयमा खुलाएर पठाउन भनेर पत्र पठाएका छौँ’, उनले भने । यथासिघ्र जवाफ पठाउन भनिएको उनले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया