क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु

अन‌ि यो पनि

अर्घाखाँची, २८ जेठ (रासस) : अर्घाखाँचीे मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटवल गएर फर्कँदै गरेका एक जनाको मृत्यु भएको छ ।

मालारानी गाउँपालिका–४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टिमा बसेका ५७ वर्षीय यमप्रसाद खनालको उपचार गरी फर्कर्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए ।

भारतबाट आएका खनाललाई स्वासप्रस्वासमा समस्या देखिएपछि शल्यक्रियासमेत गरिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि खनाल उपचारका लागि मङ्गलबार जिल्ला अस्पताल सन्धिखर्कमा आएका थिए । सन्धिखर्कमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल सिफारिस गरिएको थियो ।

अस्पतालमा उपचारपछि घर फर्कँदै गर्नुका खनालको गोरुसिङ्गे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको स्थानीय गोकुल रिजालले बताए । उनको स्वाब परीक्षणका लागि पठाइए पनि रिपोर्ट नआएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...