रत्ननगरका १७ जनाको रिपार्ट नेगेटिभ

अन‌ि यो पनि

रत्ननगर । पूर्वी चितवनका रत्ननगरका १७ जनाको कोरोना रिपार्ट नेगेटिभ आएको छ । रत्ननगरका विभिन्न क्वारेन्टाइनमा बसेकाहरुको पिसिआर रिपार्ट नेगेटिभ आएको हो ।

गुञ्जमान सिंह अस्पतालमा स्वाब लिएर भरतपुर कोरोना प्रयोगशालामा गरिएको परीक्षणको क्रममा उनीहरुको रिपार्ट नेगेटिभ आएको रत्ननगर नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक नरहरि श्याम शर्माले जानकारी दिए ।

भारतलगायत विभिन्न संक्रमित क्षेत्रबाट आएर क्वारेन्टाइनमा बसेकाहरुलाई रत्ननगरले १४ दिन राखेर कोरोना रिपार्ट नेगेटिभ आएपछि घर पठाउने गरिएको छ ।

चितवनमा कारोना संक्रमित फेला परेपछि रत्ननगरमा उच्च सर्तकता अपनाइएको मेयर नारायण वनले बताए ।

रत्ननगरमा बैंक तथा वित्तीय संस्था खोल्ने समय निर्मारण गरिएको छ भने बजारमा चहल पहल हुन नदिन नागरिकलाई सचेत गर्ने काम भएको उनले बताए ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया