भरतपुर अस्पतालबाट उठ्यो कोरोना संक्रमितको शव

अन‌ि यो पनि

चितवन । भरतपुर अस्पतालबाट कोरोना संक्रमितको शव उठाइएको छ । कोरोनाबाट मृत्यु भएका भरतपुर एघारका ६८ वर्षीय वृद्धको शव व्यवस्थापनको लागि भरतपुरको कालीबहादुर गणबाट खटिएको सेना, जिल्ला प्रशासन कार्याल, जिल्ला प्रहरीको संयुक्त टोलीले अस्पतालबाट शव उठाएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

चितवन जिल्लामा कोरोनाबाट भएको यो पहिलो मृत्यु हो । भरतपुर महानगरपालिका–११ सामनाटोलका संक्रमित वृद्ध निमोनिया र मुटुका समेत बिरामी थिए । भरतपुर अस्पताल ल्याउनुअघि उनको नारायणी साम्ुदायिक हस्पिटलको आइसियूमा उपचार भएको थियो । संक्रमित वृद्धको शवको व्यवस्थापन जंगलमा गरिने नेपाली सेनाले जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने चेतावनी

टोकियो ११ असार । जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दाबी गरिएको छ। स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया