कोरोना संक्रमितमा एचआइभी पनि पोजेटिभ !

अन‌ि यो पनि

धादिङ । धादिङको गजुरी गाउँपालिका वडा नं ५ को घाटबेँसीमा भेटिएकी मानसिक सन्तुलन गुमेकी कोरोना संक्रमित महिलामा एचआइभी पनि पोजेटिभ देखिएको छ ।

डेढ वर्षदेखि सडक किनारामा बस्दै आएकी मानसिक सन्तुलन गुमेकी एक महिलामा सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । केही समयदेखि अस्वाभाविक रुपमा पेट बढ्दै गएको देखिएपछि स्थानीयले ती महिलाको उपचारका लागि गाउँपालिकालाई आग्रह गरेका थिए ।

सडकबाट उठाएर गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याई स्वास्थ्य परीक्षण गर्दा उनमा गर्भवती समस्या नभई पेटमा पानी जमेको पाइएको र एचआइभी पोजेटिभ पुष्टि भएको गजुरी गाउँपालिकाका उपाध्यक्ष सीता ढुंगानाले जानकारी दिइन् ।

ती महिलामा एचआइभी पोजेटिभ देखिनुले समाजमा थप चुनौती थपिएको उपाध्यक्ष ढुंगानाको भनाइ छ । राम्रोसँग नबोल्ने र बोलेको कुरा पनि नबुझिने भएकाले ती सडक महिलासँग अनैतिक कार्यमा संलग्न भएका व्यक्तिहरु को थिए भनेर खोजी गरी पत्ता लगाउन निकै समस्या हुने अवस्था देखिएको गाउँपालिकाले जनाएको छ ।

सोमबार संक्रमण पुष्टि भएकी गजुरी–५, घाटबेँसी आसपासमा बस्दै आइरहेकी करिब ३२ वर्षकी मानसिक सन्तुलन गुमाएकी ती महिला गर्भवती पनि रहेको भन्दै उपचारका लागि उद्धार गरिएको थियो ।

अस्पतालमा गएर परीक्षण गराउँदा उनको पेटमा पानी भरिएको पाइएको गजुरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख डा रामहरि रेग्मीले बताए ।

उपचारमा संलग्न स्वास्थ्यकर्मी र उद्धारमा संलग्न व्यक्तिलाई गाउँपालिकाले क्वारेन्टाइनमा राखेको छ । महिलामा एचआइभी पोजेटिभ भेटिएकाले थप जोखिम बढेको उपाध्यक्ष ढुंगानाको भनाइ छ ।

कोरोना संक्रमित महिलालाई गाउँपालिकाको पहलमा टेकु अस्पताल पठाइएको छ । डेढ वर्षदेखि घाटबेँसी आसपास क्षेत्रमा बस्दै आइरहे पनि उनको ठेगानासमेत खुल्न नसकेको स्थानीयले वताएका छन् ।

उपचारका क्रममा शंका लागेर स्वाब परीक्षण गर्न पठाउँदा रिपोर्ट पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक डा रामहरि रेग्मीले जानकारी दिए । उनलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

सोमबार नै नीलकण्ठ नगरपालिकाको क्वारेन्टाइनमा बसिरहेका १६ जनामा पनि कोरोना संक्रमणको पुष्टि भएको थियो । योसहित धादिङमा संक्रमितको संख्या २३ पुगेको छ ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया