विज्ञहरुको सुझाव सुन

अन‌ि यो पनि

नेपालमा कोरोना भाइरसका संक्रमित र मृतकको संख्या तीव्र गतिमा बढ्दै गएको छ । सोमबार स्याङ्जाको वालिङका ६० वर्षीय पुरूषको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा र मंगलबार बिहान भरतपुर-११ का ६८ वर्षीय वृद्धको भरतपुर अस्पतालको आइसियूमा मृत्यु भएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । जसमध्ये १२ जनाको मृत्युपश्चात् कोरोनाको रिपोर्ट पोजेटिभ आएको थियो । यसै तथ्याङ्कलाई आधार मान्दा पनि कोरोना संक्रमणबाट मृत्यु भइसक्दासमेत संक्रमण पत्ता लगाउन सरकार असमर्थ रहेको पुष्टि हुन्छ । किनभने, मृतकमध्ये एक जनालाई औषधि र उपचारको सुविधा हुँदा पनि बचाउन नसकिएकोमा अन्यको कोरोना संक्रमणबारे पत्ता नलाग्दै मृत्यु हुन पुग्यो । यसले नेपालमा कोरोना रोकथामको तयारी र उपचारको स्थिति कस्तो रहेछ भन्ने पनि देखाउँछ । पछिल्लो समय कोरोना देखिएका व्यक्तिमा कुनै लक्षण नदेखिनुले पनि संक्रमणको जोखिम बढाएको छ । सरकारले क्वारेन्टाइनमा रहेकाहरुको पिसिआर परीक्षण नगर्ने नीतिले केही रकम त जोगिएला, तर मानवको अमूल्य जीवन पैसामा तुलना हुन सक्दैन । क्वारेन्टाइनबाट कोराना परीक्षणसमेत नगरी घर पठाउने तयारी गर्ने सरकारले संक्रमितको उपचारमा कुनै कसर बाँकी नराख्ने कुरा पत्याउन सकिँदैन ।

संक्रमित र मृतकको संख्या वृद्धि हुँदै गर्दा अब आरडिटी परीक्षणको औचित्य नरहेको विज्ञहरुले सुझाव दिँदै आएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वका गरिब मुलुकहरुमा अस्पताल नपुग्दै संक्रमितको मृत्यु हुने उच्च जोखिमसम्बन्धमा संक्रमित मुलुकहरुलाई बारम्बार चेतावनी दिँदै आएको छ । तर, डब्लुएचओ र विज्ञहरुको सल्लाह, सुझाव र चेतावनीबारे सरकार अनभिज्ञजस्तै बनेको छ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेमा दीर्घरोगी तथा अधिकांश भारतबाट फर्किएका मजदुर वर्ग छन् । उनीहरु आफैँमा कुनै रोगले ग्रसित भएका र लामो लकडाउनमा नेपालसम्म हिँडेर आउँदा संक्रमणको जोखिम पनि उत्तिकै बढेको छ । हजारौँको समूहमा हेलमेल भएका र सामूहिकरुपमा बस्ने, खाने र हिँड्ने गरेका कारण कोरोनाको संक्रमण पनि प्रायः भारतबाटै फर्किनेहरुमा देखिएको हो । सरकारको कमजोर संयन्त्रका कारण कैयौँ नागरिक सीमा क्षेत्रमा खानु न पिउनुसँग अलपत्र परे । बल्लतल्ल स्वदेश फर्किएका उनीहरु जेलमा कोचेजसरी क्वारेन्टाइनमा बस्न बाध्य भए । क्वारेन्टाइनमा गतिलो खाना, पानी र हेरचाह नपाउँदा शारीरिकरुपमा कमजोर र दीर्घरोगीका निम्ति मृत्युस्थल नै बन्न पुग्यो । त्यसमाथि बिनापरीक्षण घर फर्काइँदा संक्रमणले जरा गाड्ने प्रशस्त अवसर पायो । जसका कारण तिनै मजदुर वर्गले अनाहकमा ज्यान गुमाउन विवश भए ।

सरकारले कथित विशिष्टहरुको पिसिआर र स्वाब परीक्षणलाई प्राथमिकता दिएर वर्गीय विभेदलाई जारी राख्ने काम गरेको छ । सरकारले कथित विशिष्टको जीवनलाई मह¤वपूर्ण ठान्यो भने गरिब र निमुखा जनताको मरेपछिमात्रै कोरोना परीक्षण गर्ने र मृत्युको कारण सकभर अन्य रोगसँग जोड्न अग्रसर बन्यो । सरकारको यस्तै नीति र नियतका कारण अरु कति नागरिक अनाहकमा मर्ने हुन् अनुमान गर्न सकिँदैन । सरकारले बन्दाबन्दीपश्चात् दीर्घकालीन निर्णय गर्न चुकेका कारण मानिसहरु स्वतःस्फूर्तरुपमा सहरबजारमा निस्कन थालेका छन् । मानिसहरुको भीडभाड बढेको छ भने व्यवसायीहरुले स्वतःस्फूर्तरुपमा पसल खोल्न थालेका छन् । यसले केही दिनमा कोरोना संक्रमण झनै बढ्ने देखिन्छ । कोरोना संक्रमितको संख्या बढ्दै गइरहेका बेला आगामी दिनमा झनै भयावह नहोला भन्ने कुनै आधार छैन । यस विषम परिस्थितिमा सरकारले मृतकको लास गनेरभन्दा कोरोना संक्रमण फैलिन नदिने उपायमै ध्यान केन्द्रित गर्नुपर्छ । कोरोनाको स्थिति पत्ता लगाउन क्वारेन्टाइनमा रहेकाहरुको समयमै परीक्षणमा ध्यान दिनुपर्छ । परीक्षणको दायरा अझै फराकिलो बनाएर संक्रमितको उपचारमा पनि उत्तिकै ध्यान दिन सकिए कोरोनालाई चाँडै परास्त गर्न सकिन्छ । त्यसका लागि सरकारले विज्ञहरुको सुझाव र चेतावनीलाई अक्षरशः अवलम्बन गर्नु अपरिहार्य देखिन्छ ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया