चेपाङ गाउँमा निःशुल्क सोलार वितरण

अन‌ि यो पनि

कालिका । कालिका नगरपालिका वडा नम्बर–११, सैपाङका ५९ चेपाङ घरपरिवारलाई निःशुल्करुपमा सोलार बाँडिएको छ । कालिका नगरपालिकाले उनीहरुलाई निःशुल्करुपमा सोलार वितरण गरेको हो ।

सोमबार सैपाङमा एक कार्यक्रम आयोजना गरी सोलार बाँडिएको हो । विद्युतीय सुविधा नभएका यस क्षेत्रका चेपाङ समुदायलाई सोलार वितरण गरिएको हो ।

हालसम्म टुकीको भरमा बसेका यहाँका बासिन्दाहरु मोबाइल चार्ज गर्न पनि बजार झर्नुपर्ने बाध्यता रहेकोमा अब त्यस्तो असुविधा अन्त्य भएको कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले बताए । आफ्नो कार्यकालमा यस नगरका सबै घरमा उज्यालो पु¥याएर छाड्ने उनले बताए ।

बजार क्षेत्रबाट जम्मा ५ किमी दूरीमा रहेको यस चेपाङ गाउँमा विद्यालय, खानेपानी, खोप केन्द्र निर्माणलगायतका सुविधाका लागि झन्डै ८० लाख बजेट छुट्टयाइएको उनले बताए । त्यस्तै, गाउँसम्म पुग्ने ग्रामीण बाटो सुधारका लागि पनि बजेट विनियोजन गरिने उनले बताए ।

प्रतिकृया

मुख्य समाचार

बागमती सरकारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

चितवन, ४ असार । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले यहाँको स्वास्थ्य कार्यालयलाई ३० प्रकारका औषधिसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया