बागमतीलाई उच्च अदालतको परमादेश

अन‌ि यो पनि

हेटौँडा । कोरोना नियन्त्रणका कार्यमा खटिने सुरक्षाकर्मी, चिकित्सक एवं स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षाका सामग्री उपलब्ध गराउन बागमती प्रदेश सरकारका नाममा उच्च अदालत हेटौँडाले परमादेश जारी गरेको छ ।

२०७६ जेष्ठ २६ गते उच्च अदालत पाटन हेटौँडा इजलासका न्यायाधीश महेन्द्रनाथ उपाध्याय र नागेन्द्रलाल कर्णको संयुक्त इजलासले बागमती प्रदेश सरकारको नाममा परमादेश जारी गरेको हो ।

परामदेशमा भनिएको छ “कोरोना भाइरस नियन्त्रणको काममा फ्रन्ट लाइनमै खटिने सुरक्षाकर्मी, चिकित्सक एवं स्वास्थ्यकर्मीलाई उक्त रोगले आक्रमण नगरोस् भनी व्यक्तिगत सुरक्षाका सामग्रीहरु उपलब्ध गर्नूगराउनू, निःशुल्क औषधी उपचारको व्यवस्था गर्नू, निःशुल्क स्वास्थ्य परीक्षण गर्नू, मास्क तथा सेनिटाइजर उपलब्ध गराई सार्वजनिक ठाउँमा साबुन पानीबाट हात धुने व्यवस्था गर्नू ।” उक्त परामदेश सोमबार बागमती प्रदेशका मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय नाममा परमादेश जारी भएको हो ।

रिट निवेदनमा निवेदकका तर्फबाट रिट निवेदक अधिवक्ता ध्रुवप्रसाद चौलागाई, अधिवक्ताहरु बालकृष्ण अधिकारी र सम्बल चौलागाईले बहस गरेका थिए ।

बागमती प्रदेशका मुख्यमन्त्री एवं मन्त्रिपरिषद् समेतको तर्फबाट मुख्य न्यायाधीवक्ता ओम थपलिया र शान्ता वाईबा एवं विपक्षी जिल्ला प्रशासन कार्यालय मकवानपुरसमेतको तर्फबाट सह–न्यायाधीवक्ता बाबुराम अधिकारीले बहस गरेका थिए ।

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...