मलको माग गर्दै किसानहरुद्वारा प्रदर्शन

अन‌ि यो पनि

हेटौँडा । युरिया मलको माग गर्दै हेटौँडा उपमहानगरपालिकाका किसानहरुले सोमबार हेटौँडाको बुद्धचोकमा प्रदर्शन गरेका छन् ।

मल लिन हेटौँडा बजारको मल बिक्री केन्द्रमा आएका किसानहरुले मल नपाएपछि बजारको बुद्धचोकमा पुगेर प्रदर्शन गरेका हुन् ।

किसानहरुले तत्कालै पर्याप्त मल उपलब्ध गराउन माग गरेका छन् । किसानहरुले सडकमै प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई सडकबाट हटाएको थियो ।

कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले सहुलियत अनुदानको युरिया मल सहकारीमार्फत किसानहरुलाई बिक्री गर्दै आएको छ । सहकारी संस्थाले भने कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेसनले नै कम मल उपलब्ध गराएका कारण कृषकको आवश्यकताअनुसार मल वितरण गर्न नसकेको जनाएको छ । अहिले मकै बालीमा मल हाल्ने समय भएको छ ।

सयौँ किसानहरु मल पाउने आशामा मल बिक्री केन्द्रमा सोमबार दिनभर पर्खिरहे । मल नपाएको भन्दै किसानहरु आक्रोशित देखिए । हेटौँडा–११, नवलपुरकी एक किसानले हरेक वर्ष मल नपाउने समस्याले चिन्तित बनाएको बताइन् ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा उपचार गर्ने संक्रमित घट्दै, भेन्टिलेटरमा २१ सहित आइसियूमा ९९ उपचाररत

चितवन, ११ असार । चितवनका अस्पतालमा शुक्रबार २२२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया