अनुदानमा कुखुराको चल्ला वितरण

अन‌ि यो पनि

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिकाले विपन्न परिवारलाई अनुदानमा स्थानीय कुखुराको चल्ला वितरण गर्ने भएको छ । त्यस क्षेत्रका पर्यटकीय गन्तव्यमा आउने पर्यटकलाई नयाँ स्वाद दिलाउने उद्देश्यले स्थानीयलाई चल्ला वितरण गर्न लागिएको हो ।

गाउँपालिका अध्यक्ष गीता गुरूङले आइतबार एक साताको सूचना प्रकाशित गरी विपन्न परिवारलाई सम्पर्कमा आउन आह्वान गरिएको जानकारी दिइन् । उनीहरुलाई स्थानीय जातको कुखुराको चल्ला खरिदमा ७५ प्रतिशत अनुदान दिइनेछ ।

स्थानीयसँग भएको खोर र पाल्नसक्ने क्षमताका आधारमा कम्तीमा २० वटा चल्ला दिइने र क्षमता भएमा सङ्ख्या थप गर्न सकिने उनको भनाइ छ । के–कति निवेदन आउँछ त्यसका आधारमा वितरण थालिनेछ । उनले ३०० परिवारजतिलाई चल्ला वितरण गर्ने लक्ष्य राखिएको बताए । यसले स्थानीयको जीवनस्तर उकास्न र पर्यटकलाई नयाँ स्वाद दिन सकिने उनको भनाइ छ ।

इच्छाकामना मन्दिर, सिराइचुली, उपरदाङ्गढी, लामो झरना जान र घुम्न पर्यटक आउने गर्दछन् । त्यस क्षेत्रका बासिन्दा र होमस्टे भएका हात्तीवाङ, मायाटार, चोकडाङ, सराथोक, साथीमुढेलगायतका क्षेत्रमा बसोबास गर्ने विपन्न परिवारलाई चल्ला वितरणको प्राथमिकतामा राखिएको छ ।

पछिल्लो समय स्थानीय जातका कुखुराको माग बढ्दै गएको छ । गाउँ घुम्न जाने जो कोहीको इच्छा स्थानीय कुखुरा खाने हुने गर्दछ । गाउँपालिकाले थोरै लगानीमा विपन्नलाई सहयोग पु¥याउन कार्यक्रम प्रभावकारी हुने जनाइएको छ ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया