ADVERTISEMENT
६ बैशाख २०७८, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ बैशाख २०७८, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

विधिको शासन आत्मसात गरौँ

by चितवन पोष्ट
२०७१ बैशाख ४, बिहीबार ०४:३५ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

लोकतान्त्रिक पद्धति स्वीकार गरेपछि हरेक राजनीतिक दलले विधिको शासनको सम्मान गर्न सक्नुपर्छ । लोकतान्त्रिक मान्यताअनुसार आफ्नो अनुकूल नभए पनि कानुनको सबैले आत्मसात गर्नुपर्ने हुन्छ । तर, एमाओवादीले अधिकारी हत्या प्रकरणको विषयलाई लिएर संसद अवरुद्ध गरेपछि एक साताअघि संसदमा पेस भएको सत्य निरुपण तथा मेलमिलाप आयोग प्रभावित भएको छ । सर्वोच्च अदालतले संक्रमणकालीन न्यायका लागि उपयुक्त संयन्त्र नबन्दासम्म गम्भीर फौजदारी अपराधका घटनामा सामान्य प्रक्रियाअनुसार मुद्दा चलाउन रोक्न नमिल्ने आदेश गरेपछि सरकारले अधिकारी हत्या प्रकरणमा कारबाही प्रक्रिया अघि बढाएको थियो । चितवन प्रहरीले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याको आरोप लागेका १३ जनाविरुद्ध आइतबार मुद्धा दायर गरेपछि एमाओवादी आन्दोलनमा उत्रिएको हो । उसले प्रहरीले पक्राउ गरेका घटनाका अभियुक्तलाई रिहा गर्न मागसमेत गरेको छ ।
तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले आममाफीको प्रावधानसहित ल्याएको अध्यादेश सर्वोच्चले खारेज गरेको थियो । सर्वोच्चले जघन्य अपराधमा संलग्नलाई आममाफीको व्यवस्था नराखी आयोग बनाएर द्वन्द्वकालका घटना सत्यनिरुपण गर्न आदेश दिएको थियो । तर, सरकारले सर्वोच्चको आदेशविपरीत नै सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्ति छानबिन आयोग गर्न संसदमा विधेयक दर्ता गरेको थियो । अन्तर्राष्ट्रिय कानुनअनुसार गम्भीर मानवअधिकार हननका दोषीलाई आममाफी दिन पाइँदैन । गम्भीर मानवअधिकार हननका घटनाका दोषीलाई आयोगले संरक्षण, विस्थापन र आपराधिक अनुसन्धानमा ढिलाइ गर्न नहुनेसमेत सर्वोच्चले निर्णय गरिसकेको छ । राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले सत्य निरुपण तथा मेलमिलाप आयोग गठनसम्बन्धी विधेयमा जघन्य अपराधमा पनि आयोगले नै आममाफी दिनसक्ने प्रावधान राखिएकोमा गम्भीर चिन्ता प्रकट गरेको छ । जघन्य अपराधमा माफी दिने प्रावधानले सर्वोच्च अदालतको आदेशमात्र नभइ अन्तर्राष्ट्रिय कानुनको मूल सिद्धान्तसमेत उल्लंघन हुने भन्दै अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न सरकारसँग आग्रहसमेत गरेको छ ।
गोरखा फुजेलका कृष्णप्रसादको हत्यारामाथि कानुनी कारबाहीको माग राखी पछिल्लो पटक अधिकारी दम्पती आमरण अनशनमा बसेको पनि झण्डै पाँच महिना हुन लागेको छ । यस प्रकरणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी समूहले अधिकारी हत्यामा संलग्नमाथि कानुनी कारबाही गर्न सरकारलाई चर्को दबाब दिँदै आएका छन् । सरकारले अनशनरत अधिकारी दम्पतीको जीवनरक्षा गर्नुपर्ने नैतिक दायि¤व र विधिको शासनको मर्यादा राख्न पनि यस घटनामा मुद्दा दायर गर्नुको विधिसम्मत विकल्प थिएन । एमाओवादीले यही घटनालाई आधार बनाएर द्वन्द्वकालीन घटनामा आफ्ना नेता–कार्यकर्तामाथि मुद्दा चल्ने भयले घुकीको बाटो रोजेको देखिन्छ । संसद् बहिस्कार गर्दा आयोग गठनमा विलम्ब हुन जान्छ । यसले मुलुकमा दण्डहीनतामात्रै बढाउँछ । एमाओवादीले विधिको शासनको सम्मान गर्दै यथाशीघ्र सत्य निरुपणमा जुट्न सकेमात्र द्वन्द्वकालीन घटनाको पनि सहज निकास निस्कन सक्ने देखिएको छ ।

Related Posts

Chitwan Post

विश्व सम्पदाहरुलाई जोगाऔँ

रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना महाव्याधिबारे मतभेद हटाऔँ

Chitwan Post

प्रधानमन्त्रीको सम्बोधनले उठाएका सवाल

Discussion about this post

अन‌ि यो पनि

चितवनमा पर्याय बन्दै थारु संस्कृति र पर्यटन
विचार

चितवनमा पर्याय बन्दै थारु संस्कृति र पर्यटन

राणाकालीन समयमा औलो (मलेरिया) लाग्ने क्षेत्रका रुपमा बदनाम चितवन हाल स्वदेशी तथा विदेशी प्रकृतिप्रेमी (नेचर लभर) पर्यटकमाझ अत्यन्त लोकप्रिय छ...

Read more
Chitwan Post

विश्व सम्पदाहरुलाई जोगाऔँ

Chitwan Post

अपाङ्ग सेवा संस्थालाई वासिङ मेसिन

Chitwan Post

रड्स रामपुर र हानामी क्वाटरफाइनलमा

अयोध्याधाममा स्वेच्छिक दान दिने बढ्दै

अयोध्याधाममा स्वेच्छिक दान दिने बढ्दै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In