३० जनामा कोरोना पुष्टि भएपछि अस्पतालहरुमा उच्च सतर्कता

अन‌ि यो पनि

भरतपुर । सोमबार चितवनमा स्वास्थ्यकर्मी र बिरामीसहित ३० जनामा एकैसाथ कोरोना संक्रमण पुष्टि भएपछि थप डर पैदा भएको छ ।

संक्रमित भनिएका दुई जना स्वास्थ्यकर्मीको अवस्था सामान्य भए पनि नारायणी सामुदायिक अस्पतालको सघन उपचार कक्षबाट सोमबार साँझ भरतपुर अस्पतालमा सारिएका एक जना पुरूषको भरतपुर अस्पतालको आइसियूमा उपचाररत एक जना कोरोना संक्रमितको मंगलबार बिहान मृत्यु भएको छ ।

पुरानो मेडिकल कलेज र क्यान्सर अस्पतालजस्ता बिरामीको चाप अत्यधिक हुने अस्पतालहरुमा समेत उपचाररत बिरामीमा कोरोना पुष्टि भएपछि मानिसहरुमा झनै त्रास सिर्जना भएको छ । जसले गर्दा बिरामीलाई अस्पतालसम्म पुग्न र स्वास्थ्यकर्मीलाई बिरामीको नजिक पर्न पनि डराउनुपर्ने अवस्था आएको छ ।

दुई जना स्वास्थ्यकर्मी र चार जना बिरामीमा संक्रमण देखिएपछि ती बिरामी र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका सबै क्वारेन्टाइनमा जानुपर्ने नियम छ । अस्पतालमा उपचाररत बिरामी र स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण देखिएपछि सम्बन्धित विभागलाई सिल गरेर अन्य उपचारलाई निरन्तरता दिन सकिने निजी अस्पताल एसोसिएसनले जनाएको छ ।

‘अस्पतालमा उपचाररत बिरामीमा संक्रमण देखिएपछि संक्रमित बिरामी भएको विभागलाई मात्रै सिल गरेर केही दिन खाली राख्ने र भाइरस पूर्णरुपमा नष्ट भइसकेपछि फेरि प्रयोगमा ल्याउन सकिन्छ, तर संक्रमण देखियो भन्दैमा पूरै अस्पताल नै बन्द गर्नुपर्छ भन्ने छैन’, एसोसिएसन चितवनका सचिव विक्रम अधिकारीले भने ।

वर्तमान समस्या विश्वकै समस्या भएकोले एउटा अस्पतालले मात्रै सतर्कता अपनाएर नहुने उनको भनाइ छ । त्यसका लागि चितवनका सबै अस्पतालहरुले सकेको सतर्कता अपनाएर सेवा दिँदै आएको उनले बताए । निजी अस्पताल एसोसिएसनले हरेक दिन जुम मिटिङमार्फत छलफल गरेर सेवा दिँदै आएको उनले बताए । ‘हामी हरेक दिनजसो बैठक बस्छौँ र छलफल गर्छौं’, उनले भने, ‘किनकि हामीलाई पनि डर छ ।’

आँखाले नदेखिने भाइरसका कारण जुनसुकै बेला संक्रमण देखिन सक्ने हुँदा सामाजिक दूरी कायम गराउने र परीक्षणको दायरा बढाउनुपर्ने उनको भनाइ छ ।

‘पिसिआर परीक्षण विधिलाई फराकिलो बनाउने र सामाजिक दूरी कायम गराउने नै अहिलेको उत्तम विकल्प हो’, उनले भने, ‘संक्रमण फैलिन नदिन सबैले आफ्नो ख्याल आफैँले गर्नुपर्छ ।’ सोमबार संक्रमण देखिएका दुई जना स्वास्थ्यकर्मीलाई पनि उपचारका लागि आइसोलेसनमा पठाइसकिएको उनले बताए ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया