भरतपुर अस्पतालको आइसियूमा एक संक्रमितको मृत्यु

अन‌ि यो पनि

चितवन । भरतपुर अस्पतालको आइसियूमा उपचाररत एक जना कोरोना संक्रमितको मंगलबार बिहान मृत्यु भएको छ ।

नारायणी सामुदायिक अस्पतालबाट सोमबार साँझ भरतपुर अस्पतालमा सारिएका वडा नं ११ का ६८ वर्षीय संक्रमितको मृत्यु भएको हो ।

मुटु र निमोनियाको समेत समस्या रहेको बताइएको छ । नारायणी सामुदायिक अस्पतालको आइसियूमा अन्य चार संक्रमितसँगै राखिएका गम्भीर अवस्थाका ती वृद्धलाई प्रशासनको अनुमतिबिना नै भरतपुर अस्पतालमा सारिएको थियो ।

बिरामी ल्याउँदा सावधानी नअपनाएको भन्दै भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले आपत्ति जनाएका छन् ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया