मानसिक सन्तुलन गुमेकी महिलामा कोरोना

अन‌ि यो पनि

धादिङ । धादिङमा मानसिक सन्तुलन गुमाएकी एक महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ । सोमबार धादिङको गजुरी गाउँपालिकाको घाटबेँसीमा बस्दै आएकी मानसिक सन्तुलन गुमाएकी एक महिलामा कोरोना संक्रमण देखिएको हो ।

सोमबार नै धादिङमा नीलकण्ठ नगरपालिकाको क्वारेन्टाइनमा बसिरहेका १६ जनामा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो । यीसमेत गरी जिल्लाका संक्रमित हुनेहरुको संख्या २३ पुगेको छ ।

गजुरी गाउँपालिका वडा नं ५ घाटबेँसी आसपासमा बस्दै आइरहेकी ३२ वर्ष जतिको मानसिक सन्तुलन गुमाएकी गर्भवतीमा कोरोना संक्रमित (कोभिड-१९) पुष्टि भएपछि त्यस क्षेत्रका सर्वसाधारणमा त्रास छाएको छ ।

मानसिक सन्तुलन गुमाएकी महिला कसरी गर्भवती हुन पुगिन भन्ने केही खुल्न सकेको छैन । डेढ वर्षदेखि घाटबेँसी आसपास क्षेत्रमा बस्दै आइरहेको भए पनि उनको ठेगाना समेत खुल्न नसकेको स्थानीयले बताए ।

सडकमै बस्दै आइरहेकी ती महिलामा स्वास्थ्य समस्या देखिएपछि उनको उद्धार र उपचारका लागि स्थानीयले गजुरी गाउँपालिकालाई आग्रह गरेको थियो । ती महिलाको उपचारका क्रममा शंका लागेर स्वाब परीक्षण गर्न पठाउँदा रिर्पोट पोजेटिभ देखिएको गजुरी गाउँपालिकाले जनाएको छ ।

बिरामी भएपछि स्वाब संकलन गरी जेठ २१ गते भरतपुर कोरोना अस्पतालमा पठाइएकोमा सोमबार कोरोना संक्रमण पुष्टि भएको गजुरी गाउँपालिकाका स्वास्थ्य संयोजक डा. रामहरि रेग्मीले बताए । बिरामी महिलालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

यसअघि सोमबार नै नीलकण्ठ नगरपालिकाका कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो । नीलकण्ठ नगरपालिका वडा नं १ का १७ वर्षका पुरुष, नीलकण्ठ नगरपालिका वडा नं २ का २२ वर्षका पुरुष, नीलकण्ठ नगरपालिका वडा नं ३ का ४० वर्षका पुरुष, नीलकण्ठ नगरपालिका वडा नं ५ का ३० र ३५ वर्षका पुरुष, नीलकण्ठ नगरपालिका वडा नं ११ का ४२ र ५५ वर्षका पुरुष, नीलकण्ठ नगरपालिका वडा नं १४ का १४, २३, ३५, ४५, ५० वर्षका पुरुषहरु र २१, २७, ३६ वर्षका महिला र २० महिनाको बालिकामा कोरोना पुष्टि भएको छ ।

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...