धादिङमा १६ जनामा कोरोना संक्रमण पुष्टि

अन‌ि यो पनि

धादिङ । धादिङमा कोरोना संक्रमितको संख्या २२ पुगेको छ । नीलकण्ठ नगरपालिकाका विभिन्न वडाका १६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको हो ।

भारतबाट आई सीमा नाकामा अलपत्र परेपछि नीलकण्ठ नगरपालिकाले उद्धार गरी ल्याएर क्वारेन्टाइनमा राखेकाहरुमा एकैपटक ठूलो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि धादिङका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या अब २२ पुगेको छ ।

विभिन्न सीमा नाकाबाट नगरपालिकाले उद्धार गरी धादिङबेँशीस्थित क्वारेन्टाइनमा राखेको थियो । क्वारेन्टाइनमा रहेकाहरुलाई आरडिटी परीक्षण गर्दा रिपोर्ट पोेजेटिभ देखिएपछि उनीहरुको स्वाब संकलन गरी जेठ २४ गते कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा पठाइएकोमा सोमबार उनीहरुको रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम विकले बताए ।

भारतबाट रोजगारी गरी घर फर्किएर नीलकण्ठ नगरपालिकाको क्वारेन्टाइनमा बसिरहेका १६ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको धादिङ अस्पतालका सूचना अधिकारी विकले जानकारी दिए ।

सोमबार थपिएका १६ जनामध्ये धादिङको नीलकण्ठ नगरपालिका वडा नं–१ का १७ वर्षका पुरूष, वडा नं–२ का २२ वर्षका पुरूष, वडा नं–३ का ४० वर्षका पुरूष, वडा नं–५ का ३० र ३५ वर्षका पुरूष, वडा नं–११ का ४२ र ५५ वर्षका पुरूष, वडा नं–१४ का १४, २३, ३५, ४५, ५० वर्षका पुरूषहरु तथा २१, २७, ३६ वर्षका महिला र २० महिनाको बालिका रहेको विकले बताए । १६ जनामा १२ जना पुरूष र ४ जना महिला रहेका छन् ।

एकैपटक ठूलो संख्यामा संक्रमित भेटिएपछि प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको संक्रमण व्यवस्थापन समिति (सिएमसी)को बैठकले जिल्लामा आइसोलेसन बेड थप्ने निर्णय गरेको छ । समितिले डिभिजन वन कार्यालयको क्वारेन्टाइन कक्षमा आइसोलेसन बेड थप गर्ने र गजुरीको प्राविधिक शिक्षालय भवनलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ ।

जिल्लामा यसअघि कोरोना संक्रमित नेत्रावती डबजोङ गाउँपालिका वडा नं–३ का पुरूष, गल्छी गाउँपालिका वडा नं–८ की ३० वर्षीया महिला, थांक्रे गाउँपालिका वडा नं–७ का ४१ वर्षीय पुरूष निको भएर घर फर्किसकेका छन् ।

धुनीबेँशी नगरपालिका वडा नं–३ की २३ वर्षीया महिला, सिद्धलेक गाउँपालिका वडा नं–५ की २३ वर्षीया महिला र नीलकण्ठ नगरपालिका वडा नं–७ का ३३ वर्षीय पुरूष अहिले अस्पतालमा उपचाररत छन् ।

प्रतिकृया

मुख्य समाचार

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने चेतावनी

टोकियो ११ असार । जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दाबी गरिएको छ। स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया