माडीमा एक बृद्ध मृत अवस्थामा फेला

अन‌ि यो पनि

चितवन । माडी नगरपालिका वडा नं ८ खरकट्टा निवासी ७० बर्षीय पान बहादुर सार्की मृत अवस्थामा फेला परेका छन् । उनलाई मकैबारीमा मृत अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक हर्क बहादुर विश्वकर्माले जानकारी दिए ।

मकैबारीमा घाँस काट्न गएका व्यक्तिहरुले मृत व्यक्तिको सूचना दिएपछि उनको परिवार र प्रहरी घटनास्थलमा पुगेको हो । शवको मुचुल्का उठाउने काम भइरहेको प्रहरी निरीक्षक विश्वकर्माले वताए । शवको पोस्टमार्टम गरेपछि मात्रै मृत्युको कारण पत्ता लाग्ने उनको भनाइ छ । मृतकले अत्याधिक मदिरा सेवन गर्ने गरेको बुझिएको छ । मृतकको एक छोरा र श्रीमती छन् ।

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...