चितवनमा एकैदिन २३ जनामा कोरोना पुष्टि

अन‌ि यो पनि

भरतपुर । शुक्रबार र शनिबार स्वाब संकलन गरी भरतपुर कोरोना ल्याबमा परीक्षण भएका २३ जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ । भरतपुर अस्पतालले यस विषयमा सोमबार दिउँसो ३ वजे फेसवुक लाइभ मार्फत् जानकारी गराएको हो ।
संक्रमितहरुमा २ जना निजी अस्पतालमा कार्यरत चिकित्सक छन् । त्यस्तै बिरामीहरुमा पनि पोजिटिभ देखिएको छ ।

पुरानो मेडिकल कलेजमा उपचाररत २५ बर्षीय पुरुष र ६६ वर्षीय महिलामा संक्रमण देखिएको भरतपुर अस्पतालका मेसु डा. श्रीराम तिवारीले जानकारी दिए । त्यस्तै भरतपुरकै नारायणी सामुदायिक हस्पिटलमा भरतपुर ३ का ६८ वर्षीय पुरुष बिरामीमा पनि कोरोना देखिएको छ । भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचाररत ६५ वर्षीया महिलामा पनि संक्रमण देखिएको छ । भरतपुर वडा ६ र २१ मा २ जना पुरुष र २ जना महिलामा कोरोना देखिएको छ । त्यस्तै भरतपुर–४ मा २१ वर्षीया युवतीमा कोरोना भेटिएको अस्पतालले जनाएको छ ।

माडी नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक १४ वर्षीया बालिका सहित ६ जनामा कोरोना देखिएको मेसु डा. तिवारीले बताए । भेटिएका हरुमा धादिङ जिल्लाका १ जना रहेका छन् । नवलपुरमा जिल्लाका ५ जना संक्रमित रहेका छन् ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया