रूकुम नरसंहारको विरोधमा बृहत मोटरसाइकल र्‍याली

अन‌ि यो पनि

चितवन । रुकुम पश्चिमको सोतीमा भएको घटनाको विरोधमा संयुक्त दलित संघर्ष समितिले चितवनमा वृहत मोटरसाइकल र्‍याली गर्ने तयारी थालेको छ। पाँच जनाको मृत्यु र एक जना वेपत्ता हुने गरी भएको नरसंहारको विरोधमा भोलि मंगलबार बृहत मोटरसाइकल र्‍याली आयोजना गर्ने तयारी भइरहेको संघर्ष समितिले जनाएको छ। आज (सोमबार) समाजवादी दलित मुक्ति महासंघ प्रतिनिधि केन्द्रीय सल्लाहकार तुलाराम विश्वकर्माको अध्यक्षतामा बसेको संयुक्त दलित संघर्ष समिति चितवनको बैठकले भोलि मंगलबार र्‍याली निकाल्ने निर्णय गरेको हो।

बिहान ११ बजे पुलचोकमा जम्मा भई आँपटारी, बाइपास रोड, केन्द्रीय बसपार्क, चौवीसकोठी हुँदै पुनः पुलचोकमा आएर कोणसभा गर्ने तयारी भएको नेपाल उत्पीडित जातीय मुक्ति समाज चितवनका अध्यक्ष विजयकुमार विश्वकर्माले जानकारी दिए। जातीय विभेदविरुद्धकाे आन्दाेलनलाई सफल पार्नकाे लागि लकडाउनकाे बाबजुद पनि माेटरसाइकल र्‍याली गर्न बाध्य भएकाे उनकाे भनाइ छ। पुलचोकमा हुने कोणसभामा बागमती प्रदेशका सांसदद्वय विजय सुवेदी र मिलनबाबु श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए। सोही सभामा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ चितवनका अध्यक्ष कृष्ण परियारले घटनाको थप यथार्थ विवरणलगायतको विषयमा सम्बोधन गर्ने उनको भनाइ छ।

जेठ १० गते रुकुम पश्चिम सोती नरसंहारमा नवराज वि.क., टिकराम सुनार, गणेश बुढा, सन्दीप वि.क., लोकेन्द्र सुनार र गोविन्द शाहीको मृत्यु भएको थियो भने रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीका गाउँलेहरुको कुटाइबाट अन्य १२ जना घाइते भएका थिए।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया