‘होल्डिङ सेल्टर’ बनाउन महानगरको आग्रह

अन‌ि यो पनि

भरतपुर । भरतपुर महानगरपालिकाअन्तर्गत बनेको क्वारेन्टाइन व्यवस्थापन समितिको बैठक आइतबार बसेको छ । बैठकले क्वारेन्टाइन बसोवासका सम्बन्धमा विभिन्न निर्णयहरु गरेको छ ।

क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक तथा भरतपुर महानगर वडा नम्बर–१० का अध्यक्षसमेत रहेका महानगर प्रवक्ता अरूण पीडित भण्डारीले १ सय बेडको ‘होल्डिङ सेल्टर’ बनाउनका लागि जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार ‘होल्डिङ सेल्टर’मा तत्काल ल्याई राखिएकाहरुलाई एक–दुई दिनको बसाइँपछि सम्बन्धित वडामा लगेर राखिनेछ ।

त्यस्तै, समितिले टोल विकास संस्थाको निगरानी र वडाको अनुगमन हुने गरी होम क्वारेन्टाइनको समेत व्यवस्था गर्ने भएको छ । यसका लागि सम्बन्धित वडावासीलाई आफ्नै घरमा बस्न प्रेरित गर्ने निर्णयमा उल्लेख छ ।

संयोजक तथा प्रवक्ता भण्डारीका अनुसार सशुल्क क्वारेन्टाइनमा बस्न चाहनेहरुका लागिसमेत ठाउँको व्यवस्था गर्न लागिएको छ । ‘पैसा तिरेर बस्छु, घर पनि जान्नँ, सरकारले व्यवस्था गरेको ठाउँमा सार्वजनिक क्वारेन्टाइनमा बस्दिनँ भन्नेहरुका लागि यो योजना ल्याइएको हो’, उनले भने ।

यसका लागि वडा नम्बर–५ का अध्यक्ष पदमपाणि सुवेदीको संयोजकत्वमा एउटा उपसमिति नै तयार पारिएको छ । मेयर रेनु दाहालको प्रमुख आतिथ्यतामा भएको बैठकमा महानगरभित्रका सबै क्वारेन्टाइनमा खानपानको सुविधा र मापदण्ड एकनासको बनाउनेसमेत निर्णय भएको प्रवक्ता भण्डारीले बताए ।

प्रतिकृया

मुख्य समाचार

दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर निर्माण हुने

माडी । माडी नगरपालिका वडा नं–१, बनकट्टाकी महिला नेतृ सीता तिमिल्सिनाले आफ्ना दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया