हावाहुरी र असिना पीडित तरकारी किसानलाई राहत

अन‌ि यो पनि

खेरहनी । गत वैशाखमा हावाहुरी र असिनापानीले तरकारी खेतीमा क्षति पुर्याएपछि खैरहनी नगरपालिकाले किसानहरुलाई राहत रकम प्रदान गरेको छ । नगरको आन्तरिक श्रोतबाट १० लाख भन्दा वढी रकम पीडित किसानहरुलाई राहत स्वरुप प्रदान गरेको नगरपालिकाले जनाएको छ ।

क्षतिको वर्गीकरण गरी उनीहरुलाई राहत रकम प्रदान गरिएको थियो । तरकारीको पनि वर्गीकरण गरिएको थियो । हावाहुरी र असिनापानीले नगरपालिकाको वडा नम्वर १० र ११ मा वढी क्षति पुर्याएको थियो । यी दुई वटा वडा तरकारी उत्पादनमा अब्बल छन् । किसानलाई दिइएको राहत रकम थोरै भएपनि दुखमा साथ दिइएको खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले वताए । एक कठ्ठा भन्दा बढी जग्गामा खेती गरेका किसानलाई राहत दिइएको चौधरीले वताए ।

वढी क्षति भएको वडा नम्वर १० र ११ मा क वर्गमा करेला,खुर्सानी र खर्वुजा तथा ख वर्गमा अन्य तरकारीलाई राखिएको थियो । क वर्गको तरकारी क्षती भएकालाई प्रति कठ्ठा ५५० रुपैया र ख वर्गको तरकारी क्षति भएकालाई प्रतिकठ्ठा ४५० रुपैयाका दरले प्रदान गरिएको नगरपालिकाको कृषि शाखाका प्राविधिक सहायक धु्रव आचार्यले जानकारी दिए । वाँकी वडाको क वर्गमा पर्ने तरकारीको प्रति कठ्ठा ४५० रुपैया र ख वर्गका लागि ४ सय रुपैया प्रदान गरिएको आचार्यले वताए ।

हावाहुरी र असिनापानीले खैरहनीमा २ हजार २८९ कठ्ठामा लगाइएको तरकारी वालीमा क्षति पुर्याएको थियो । खैरहनी ६ का किसान कृष्ण धरेलले रकम थोरै भएपनि किसानको दुखमा नगरपालिकाले साथ दिएको प्रति खुसी व्यक्त गरे । क्षतीको रकम थोरै हो किसान धरेलले भने – नगरले आफ्नै श्रोतबाट राहत रकम दिएकोमा खुसी छु । तर राहत दिदा अनुगमन गर्नु पर्ने उनको सुझाव थियो ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया