देवघाट गाउँपालिकाद्वारा खर्च सार्वजानिक

अन‌ि यो पनि

दमौली, २५ जेठ (रासस) : तनहुँको देवघाट गाउँपालिकाले कोभिड–१९ को नियन्त्रण र बन्दाबन्दीबाट प्रभावित घरपरिवारलाई राहत वितरण गर्दा ४३ लाख खर्च भएको जनाएको छ । गाउँपालिकाले कोरोना भाइरस सङ्क्रमण रोकथाम र उपचार कोषबाट ४३ लाख ७७ हजार ९६० खर्च भएको जनाएको हो ।

सो कोषमा ५५ लाख ५५ हजार १४५ जम्मा भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिए । गाउँपालिकाले बन्दाबन्दीका क्रममा दुई चरणमा गरी दुई हजार १५१ घरपरिवारलाई राहत वितरण गरेको थियो । राहत वितरणमा मात्रै ३० लाख ९४ हजार ६२४ खर्च भएको गाउँपालिकाले जनाएको छ ।

उनका अनुसार वडा नं १ मा ४४०, वडा नं २ मा २८४, वडा नं ३ मा २२८, वडा नं ४ मा ४३१ र वडा नं ५ मा ७६८ घरपरिवारलाई राहत वितरण गरिएको छ ।

गाउँपालिकाले कोरोना सङ्क्रमणबाट बच्नका लागि दुई हजार ५०० थान सर्जिकल मास्क, ११० थान एन ९५ मास्क, १० थान व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ), आठ थान इन्फ्रारेड गन, २५० थान स्यानिटाइजर, २० थान क्वारेन्टिनका लागि शै्यया, ३० थान तन्ना, चार हजार ४६८ थान साबुन, पाँच थान इलेक्ट्रिक स्प्रे र ३६० थान फिनेल खरिद गरेको जनाएको छ ।

गाउँपालिकालाई सांसद कृष्णकुमार श्रेष्ठले एक हजार ५०० थान सर्जिकल मास्क र छ थान पिपिइ सहयोग गरेका थिए भने नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले २०० थान सर्जिकल मास्क, १०० मिली स्यानिटाइजर ५० थान उपलब्ध गराएका थियो । काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले एक थान इन्फ्रारेड गन गाउँपालिकालाई उपलब्ध गराएका थिए ।

यसैबीच देवघाट गाउँपालिकाले वडा नं ५ मा गरिएको राहत वितरण कार्य पारदर्शी भएको जनाएको छ । वडा नं ५ भएको राहत वितरण अपारदर्शी भएको भन्दै नेपाली काँग्रेस गाउँ कार्य समितिले केही दिनअघि आरोप लगाए पनि गाउँपालिकाले भने राहत वितरण कार्य पारदर्शी नै भएको दाबी गरेको छ ।

गाउँपालिका उपाध्यक्ष एवं राहत व्यवस्थापन तथा वितरण गाउँ समन्वय समितिकी संयोजक विमला थापाले प्रेस विज्ञप्ति जारी गरी राहत वितरण कार्य पारदर्शी नै भएको बताइन् । वडा नं ५ का लागि केही दाताले दिएको माइतीघर ब्राण्डको जिरा मन्सुली चामल साटफेर गरी त्योभन्दा धेरै परिमाणमा सोना मन्सुली चामल वितरण गर्ने वडा नं ५ का अध्यक्ष यालबहादुर गुरुङले प्रक्रिया शुरु गरे पनि पछि त्यस निर्णयमा केही असमझदारी उत्पन्न भएपछि सो निर्णय रद्ध भएको थियो ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया